नेपाल विद्यार्थी संघमार्फत एक दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका युवा किरण साउदले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वि.सं. २०७० सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले विद्यार्थी राजनीतिदेखि संगठन निर्माण र नेतृत्वदायी जिम्मेवारीसम्मको अनुभव हासिल गरेको बताएका छन्।
उनका अनुसार यो यात्रा केवल पद र जिम्मेवारी प्राप्त गर्ने यात्रा नभई विचार, संगठन, संघर्ष, सिकाइ र निरन्तर सेवाको यात्रा हो। वि.सं. २०७५ सालमा टीकापुर बहुमुखी क्याम्पस कक्षा इकाइ कमिटीको सभापतिको जिम्मेवारी सम्हालेका उनले २०७९ सालको स्ववियु निर्वाचनमा सहसचिव तथा क्याम्पस इकाइ कमिटीको सभापतिको भूमिका निर्वाह गरेका थिए। त्यसपछि २०८१ सालमा स्ववियु सभापति हुँदै स्ववियु परिषद्को केन्द्रीय सहसचिवको जिम्मेवारीसमेत सम्हालेको उनले उल्लेख गरेका छन्।
एक दशकभन्दा लामो राजनीतिक अनुभवलाई अब पार्टीको नीति निर्माण र संगठनात्मक भूमिकासँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। उम्मेदवारी घोषणा गर्दै उनले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता, नयाँ पुस्ताको आवाज र संगठनलाई समयानुकूल बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्ववियु निर्वाचनमा सबै विद्यार्थी संगठन एक भएर निर्वाचन लड्दा समेत साउद नेविसंघबाट उम्मेदवारी दिएर अत्यधिक मतले निर्वाचित भएका थिए ।
सरल , इमानदार , मेहनत र कर्ममा स्पष्ट भएका साउदले महाधिवेशन प्रतिनिधि जितेको खण्डमा पार्टी पंक्तिलाई राम्रो हुनेछ । साउदले क्षेत्रीय प्रतिनिधि लगायतलाई साथ सहयोग गरेर विजयी गराउन भुमिका खेल्न समेत अपिल गरेका छन् ।



