विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका जैसीले असोज१० गते हुने क्षेत्रीय अधिवेशनमा क्षेत्रीय पदाधिकारी पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । राजनीतिक रूपमा क्रान्तिकारी स्वभावका रूपमा परिचित जैसी लामो समयसम्म नेपाली कम्युनिस्ट पार्टीको सक्रिय राजनीतिमा संलग्न रहेको बताइएको छ । पार्टी पछिल्लो समय देश र जनताको मुद्दाभन्दा परिवारवाद तथा नातावादतर्फ केन्द्रित हुँदै गएको भन्दै उनले करिब दुई वर्षअघि पार्टी परित्याग गरेको बताइएको छ ।
राजनीतिसँगै व्यवसायमा समेत सक्रिय जैशीले लामो समयसम्म अछामको तुर्माखादमा व्यवसाय सञ्चालन गरेका थिए । हाल भने उनी ललितपुरको टिकाथलीमा व्यवसाय गर्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका जैसीले बदलिँदो राजनीतिक परिस्थितिमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित आगामी क्षेत्रीय अधिवेशनमा पदाधिकारीका रूपमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्।
उनको उम्मेदवारीसँगै क्षेत्रीय अधिवेशनमा युवा सहभागिता, संगठनात्मक सक्रियता र नेतृत्वमा नयाँ पुस्ताको भूमिकाबारे समेत चर्चा बढेको छ । जैसीले आ-आफ्नोतर्फबाट साथ , समर्थन सहित सहयोग गरिदिन अपिल गर्नु भएको छ ।



