Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

महाधिवेशन प्रतिनिधिमा थारू क्लस्टरबाट परशुराम थारूको उम्मेदवारी घोषणा

महाधिवेशन प्रतिनिधिमा थारू क्लस्टरबाट परशुराम थारूको उम्मेदवारी घोषणा

  • समाचार
  • आश्विन ७, २०८३ बुधवार २१:१७ बजे
  • 232
    SHARES
  • महाधिवेशन प्रतिनिधिमा थारू क्लस्टरबाट परशुराम थारूको उम्मेदवारी घोषणा

    नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ बाट असोज १० गतेको महाधिवेशनका लागि थारू क्लस्टरतर्फ परशुराम थारूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। युवा नेता थारूले उम्मेदवारी घोषणा गर्दै पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई आवश्यक सहयोग र समर्थन गरिदिन अपिल गर्नुभएको छ।

    थारू २०६६ सालमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सह-सचिवका रूपमा सफलताका साथ जिम्मेवारीमा रहनु भएको थियो । उहाँले क्षेत्रीय सदस्य , इलाका सभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसक्नु भएको बताइएको छ।

    लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आउनुभएका थारूले पार्टीको नीति, विधि र सिद्धान्तप्रति आफू प्रतिबद्ध रहेको बताउँदै आउनु भएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै थारू समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ।

    महाधिवेशन प्रतिनिधिका रूपमा थारू क्लस्टरबाट उम्मेदवारी घोषणा गरेसँगै थारूले सम्पूर्ण प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्नुभएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images