Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

३६ वर्षभन्दा बढी शिक्षण सेवापछि विश्वकर्माको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

३६ वर्षभन्दा बढी शिक्षण सेवापछि विश्वकर्माको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

  • समाचार
  • आश्विन ८, २०८३ बिहिवार २१:०४ बजे
  • 808
    SHARES
  • ३६ वर्षभन्दा बढी शिक्षण सेवापछि विश्वकर्माको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    लामो समय शिक्षण सेवामा बिताएका तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका समाजसेवी गोपाल सिंह विश्वकर्माले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा दलित कोटातर्फ खुला कोटाबाट मतदान गरी विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरू समक्ष आग्रह गरिएको छ । ३६ वर्ष १ महिना २४ दिन शिक्षण सेवा पूरा गरी सेवा निवृत्त भएका विश्वकर्मा लामो समयदेखि शिक्षा, सामाजिक सेवा तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै सामाजिक व्यक्तित्वका रूपमा परिचित छन्।

    विश्वकर्माले नेपाल शिक्षक संघको जिल्ला सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। लम्कीचुहा–१० का शिक्षक संघको संयोजक, नेपाल दलित संघ लम्कीचुहा नगर कार्यसमितिका अध्यक्ष तथा दलित उत्पीडित सेवा समाज लम्कीचुहाका अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन्। शिक्षण पेशासँगै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका विश्वकर्माले शिक्षा, सामाजिक न्याय, दलित समुदायको हकहित तथा सामाजिक रूपान्तरणमा विशेष भुमिका रहेको छ ।

    विश्वकर्माको लामो शिक्षण अनुभव, सामाजिक क्षेत्रमा सक्रियता र संगठनात्मक भूमिकालाई आधार बनाउँदै समर्थकहरूले दलित समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन उनलाई दलित कोटाको खुलातर्फ मतदान गरी विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। विश्वकर्मालाई मिलनसार, सहयोगी र सामाजिक भावना भएका व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै समर्थकहरूले पार्टी संगठनसँगै समाजका विभिन्न वर्ग र समुदायबीच समन्वय तथा सहकार्यमा उनको भूमिका महत्वपूर्ण हुनसक्ने बताएका छन्।

    लामो समय शिक्षा क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी संगठन र सामाजिक क्षेत्रमा उपयोग गर्ने उद्देश्यसहित विश्वकर्माको उम्मेदवारी रहेको छ । क्षेत्रीय प्रतिनिधि , नेता कार्यकर्ता सबैलाई साथ, सहयोग र समर्थन गरेर विजयी बनाउन भुमिका खेल्न समेत विश्वकर्माको सबैलाई अपिल रहेको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images