Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पार्टीलाई केही दिनुपर्छ’ सोच भएका सापकोटा महाधिवेशन प्रतिनिधि उम्मेदवार

पार्टीलाई केही दिनुपर्छ’ सोच भएका सापकोटा महाधिवेशन प्रतिनिधि उम्मेदवार

  • समाचार
  • आश्विन ९, २०८३ शुक्रवार १०:०२ बजे
  • 184
    SHARES
  • पार्टीलाई केही दिनुपर्छ’ सोच भएका सापकोटा महाधिवेशन प्रतिनिधि उम्मेदवार

    नेपाली कांग्रेसका नेता खडानन्द सापकोटाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनदेखि निरन्तर अघि बढिरहेको छ। चार दशकभन्दा लामो राजनीतिक यात्राका क्रममा सापकोटाले पार्टी संगठन निर्माणसँगै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। २०४६ सालको जनआन्दोलनका क्रममा तत्कालीन पथरैया गाविसको कटासे बजारमा युवाहरूको नेतृत्व गर्दै पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसको चारतारे झन्डासहित जुलुस निकाल्दा सापकोटासहित रामशरण ढकाल, प्रेम विष्ट, जनक विष्ट, खगेन्द्र देवकोटा लगायतलाई कटासे बजारस्थित प्रहरी चौकीमा सात दिनसम्म थुनिएको उनको राजनीतिक यात्राको महत्वपूर्ण घटना हो।

    बहुदलीय व्यवस्था पुनःस्थापनापछि सापकोटा पार्टी संगठन निर्माण र विस्तारमा सक्रिय भए। २०५२ सालदेखि पार्टी संगठन निर्माणको जिम्मेवारी सम्हाल्दै आएका उनी २०५६ सालमा तत्कालीन बलिया गाविसमा नेपाली कांग्रेसको सचिव बने। त्यसपछि क्षेत्रीय कार्यसमितिको मनोनीत सदस्य, जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरे पनि सापकोटा निर्वाचित हुन सकेनन्। तर महाधिवेशनमा पराजित भए पनि त्यसपछि पनि उनको पार्टी गतिविधिमा निरन्तरता कायम रह्यो।

    २०४६ सालदेखि हालसम्म आफू पार्टीको संस्थापन पक्षसँग निरन्तर जोडिएर काम गर्दै आएको सापकोटाको भनाइ छ। व्यक्ति विशेषभन्दा पार्टीको हितलाई प्राथमिकता दिँदै पार्टीको नीति, सिद्धान्त र मार्गदर्शनबाट आफू कहिल्यै विचलित नभएको उनको दाबी छ। ‘पार्टीबाट पाउनेभन्दा पनि पार्टीलाई केही दिनुपर्छ’ भन्ने मान्यतालाई आफ्नो राजनीतिक जीवनको आधार बनाएका सापकोटा व्यक्तिगत स्वार्थभन्दा संगठन र पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राख्छन्।

    राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय

    राजनीतिसँगै सापकोटा विभिन्न सामाजिक संघसंस्थाको स्थापना, नेतृत्व र व्यवस्थापनमा समेत सक्रिय रहँदै आएका छन्। लम्की जेसीजको अध्यक्ष , लम्कीचुहा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष , लायन्स क्लब, किसान बहुउद्देश्यीय सहकारी संस्था , धार्मिक संस्था, रेडक्रस, सामुदायिक रेडियोलगायत दर्जनौँ संघसंस्थामा अध्यक्ष तथा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। सामाजिक संस्था, व्यवसायिक क्षेत्र, सहकारी, युवा तथा सामुदायिक अभियानसँग जोडिएर काम गर्दै आएका सापकोटाले स्थानीयस्तरमा संस्थागत विकास र सामाजिक गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएका छन् ।

    निर्वाचनदेखि संगठन निर्माणसम्म सक्रिय

    नेपाली कांग्रेसका विभिन्न कार्यक्रम, संगठन विस्तार तथा निर्वाचनका क्रममा समेत सापकोटाले पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँछन्। लामो समयदेखि पार्टी संगठनसँग जोडिएर काम गरेका कारण स्थानीयस्तरका कार्यकर्ता तथा शुभेच्छुकसँगको सम्बन्धलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।

    जिम्मेवारी पाउने र नपाउने दुवै परिस्थितिमा पार्टीप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको बताउने सापकोटाको राजनीतिक यात्रामा पदभन्दा संगठन, व्यक्तिभन्दा पार्टी र व्यक्तिगत लाभभन्दा राजनीतिक मूल्य–मान्यतालाई प्राथमिकता दिने धारणा प्रमुख देखिन्छ। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका सापकोटा पार्टी संगठनलाई थप सुदृढ बनाउने र सामाजिक क्षेत्रमा सक्रिय रहने बताएका छन्। सापकोटाले महाधिवेशन प्रतिनिधिमा मतदान गरी विजयी बनाउन भुमिका खेल्न समेत सम्पूर्ण क्षेत्रीय प्रतिनिधि , नेतृत्व , शुभेच्छुकहरूमा हार्दिक अपिल समेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images