कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा पुर्व पश्चिम राजमार्ग एक आपसमा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत चुहामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। सु.प.प्र ०१ ००९प २४५४ नम्बर र से ५प ५०३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ११ का मिलन भोटे , घोडाघोडी नगरपालिका वडा नम्बर ४ का दिनेश चौधरी र बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ७ का सुन्दर धामी घाइते भएका र घाइते तिनैजनाको बर्दगोरीया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



