Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कांग्रेस कैलाली क्षेत्र नं. २ को १५औँ महाधिवेशन सफल बनाउन जिम्मेवारी बाँडफाँट

कांग्रेस कैलाली क्षेत्र नं. २ को १५औँ महाधिवेशन सफल बनाउन जिम्मेवारी बाँडफाँट

  • समाचार
  • आश्विन १०, २०८३ शनिवार २०:१८ बजे
  • 2.6K
    SHARES
  • कांग्रेस कैलाली क्षेत्र नं. २ को १५औँ महाधिवेशन सफल बनाउन जिम्मेवारी बाँडफाँट

    नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ को १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता कमल बहादुर शाहले क्षेत्रीय महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन विभिन्न व्यक्तिलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्।

    जिम्मेवारी पाउनेमा कैलाली क्षेत्र नं. २ संयोजकमा राम बहादुर विष्ट, लम्कीचुहा नगरपालिका संयोजकमा कृष्ण प्रसाद धमाला, बर्दगोरिया गाउँपालिका संयोजकमा प्रमोद मल्ल, मोहन्याल गाउँपालिका संयोजकमा पिरम बुढा र जानकी गाउँपालिका संयोजकमा गोविन्द विष्ट रहेका छन्। त्यसैगरी लम्कीचुहा नगरपालिका–१ को संयोजकमा प्रयागराज खनाल लगायत कैलाली क्षेत्र नं २ का विभिन्न वडा तहमा जिम्मेवारी प्रदान गरिएको पलपल अनलाइन मिडियालाई जानकारी प्राप्त भएको छ।

    क्षेत्रीय महाधिवेशनलाई सफल बनाउन संगठनका विभिन्न तहमा जिम्मेवारी बाँडफाँटसँगै आवश्यक तयारीलाई तीव्रता दिइने बताइएको छ। महाधिवेशनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय, व्यवस्थापन र संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

    कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. २ मा पछिल्लो समय राजनीतिक गतिविधि र आन्तरिक तयारी समेत बढ्दै गएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images