Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

क्षेत्रीय महाधिवेशन पदमा धीरज खत्रीको उम्मेदवारी, युवाकेन्द्रित ९ बुँदे कार्ययोजना सार्वजनिक

क्षेत्रीय महाधिवेशन पदमा धीरज खत्रीको उम्मेदवारी, युवाकेन्द्रित ९ बुँदे कार्ययोजना सार्वजनिक

  • समाचार
  • आश्विन ११, २०८३ आइतवार १९:१९ बजे
  • 217
    SHARES
  • क्षेत्रीय महाधिवेशन पदमा धीरज खत्रीको उम्मेदवारी, युवाकेन्द्रित ९ बुँदे कार्ययोजना सार्वजनिक

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला कैलाली क्षेत्र नं. २ बाट क्षेत्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार धीरज खत्रीले आफ्नो उम्मेदवारीसँगै ९ बुँदे प्रस्तावित कार्ययोजना सार्वजनिक गरेका छन्। खत्रीले पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास र संगठनलाई थप सुदृढ तथा गतिशील बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। खत्रीले सार्वजनिक गरेको प्रस्तावित कार्ययोजनामा जनमुखी नेतृत्व र युवा प्रतिनिधित्व सुदृढ बनाउने, विधि–विधान र आदर्शको स्थापना गर्ने, सुदृढ तथा गतिशील संगठन निर्माण गर्ने विषय समेटिएका छन्। सामाजिक न्याय र सुशासन प्रवर्द्धन, विकासमा युवाको रचनात्मक सहभागिता बढाउने, युवा सहकार्य र समन्वयलाई प्राथमिकता दिने, समुन्नत तथा समावेशी लोकतन्त्रको संरक्षण गर्ने उनको कार्ययोजनामा उल्लेख छ। खत्रीले संगठनलाई समयानुकूल बनाउन सूचना, सञ्चार तथा प्रविधिको प्रयोग विस्तार गर्ने र पार्टीभित्र खुला लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि अघि सारेका छन्।

    उनको उम्मेदवारीले “युवाको शक्ति, परिवर्तनको प्रतिबद्धता” भन्ने नारालाई अघि सार्दै पार्टी संगठनमा युवाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

    धीरज खत्रीको प्रस्तावित ९ बुँदे कार्ययोजना:

    १. जनमुखी नेतृत्व र युवा प्रतिनिधित्व सुदृढ बनाउने २. विधि, विधान र आदर्श स्थापना गर्ने ३. सुदृढ र गतिशील संगठन निर्माण गर्ने ४. सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्ने ५. विकासमा युवाको रचनात्मक सहभागिता बढाउने ६. युवा सहकार्य र समन्वयलाई प्राथमिकता दिने ७. समुन्नत र समावेशी लोकतन्त्रको रक्षा गर्ने ८. सूचना, सञ्चार तथा प्रविधिको प्रयोग बढाउने ९. खुला लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन गर्ने

    सम्पूर्ण क्षेत्रीय प्रतिनिधि , वडा सभापति , अग्रज नेतृत्व र परिवर्तनको नेतृत्व गर्ने सम्पूर्णलाई सहयोगका लागि अपिल गर्नु भएको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images