Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

गौरीगङ्गा नगरपालिकाले हिउँदे घाँसको बीउ नि:शुल्क वितरण

गौरीगङ्गा नगरपालिकाले हिउँदे घाँसको बीउ नि:शुल्क वितरण

  • समाचार
  • आश्विन २३, २०८३ शुक्रवार १६:३७ बजे
  • 124
    SHARES
  • गौरीगङ्गा  नगरपालिकाले हिउँदे घाँसको बीउ नि:शुल्क वितरण

    कैलालीको गौरीगङ्गा नगरपालिकाले पशुपालक कृषकहरूका लागि हिउँदे घाँसको बीउ निशुल्क वितरण गरेको छ। नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पशु सेवा शाखाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हिउँदे घाँसको बीउ वितरण गरिएको हो ।

    नगरपालिकाले जारी गरेको सुचनामा हिउँदे घाँस जैं, बर्सिम लगायतका घाँसको बीउ आवश्यक पर्ने पशुपालक कृषक, व्यावसायिक पशुपालन फर्म तथा पशुपालन समूहहरूलाई आवेदन दिन आग्रह गरिएको थियो । नगरपालिकाका अनुसार इच्छुक कृषक तथा सम्बन्धित समूह/फर्मले आवश्यक कागजातसहित २०८३ साल असोज १९ गतेभित्र सम्बन्धित पशु सेवा केन्द्रमा सम्पर्क गर्ने आग्रह गरिएको थियो ।

    हिउँदे घाँसको बीउ वितरणका लागि पशु सेवा केन्द्र चौमाला र पशु सेवा केन्द्र मसुरिया तोकिएको थियो । पशुपालन व्यवसायलाई थप व्यवस्थित तथा उत्पादनमुखी बनाउन हिउँदे घाँसको उपलब्धता महत्वपूर्ण हुने भएकाले कार्यक्रमबाट स्थानीय पशुपालक कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ।

    गौरीगङ्गा नगरपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत भीम बहादुर रानाले निशुल्क हिउँदे घाँसको बीउ वितरण गरिएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # गौरीगंगा नगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images