Logo

बिहिवार, मंसिर ११ गते २०८३

images
images
images

किसान सहकारीको ३१औँ वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

किसान सहकारीको ३१औँ वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

  • समाचार
  • कार्तिक १५, २०८३ शनिवार १८:४५ बजे
  • 226
    SHARES
  • किसान सहकारीको ३१औँ वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

    किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा लम्कीचुहा उद्योग वाणिज्य संघको टिम प्रथम भएको छ । शनिबार (२०८३ कार्तिक १४ गते) पञ्चकोशी युवा क्लबको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा लम्कीचुहा उद्योग वाणिज्य संघको टिमले बैंकर्स क्लब लम्कीको टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कारस्वरूप खसीको व्यवस्था गरिएको थियो ।

    किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष टिकेन्द्रबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा विभिन्न संघसंस्था तथा कार्यालयबीच आपसी सद्भाव, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगितामा लम्कीचुहा उद्योग वाणिज्य संघ, लम्कीचुहाका सञ्चारकर्मीहरू , लम्कीचुहा नगरपालिकाको कार्यालय, सीएमसी लम्की, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बैंकर्स क्लब लम्कीको टिम सहभागी भएका थिए । प्रतियोगिताअन्तर्गत लम्कीचुहा उद्योग वाणिज्य संघ र लम्कीचुहा पत्रकार संघ, लम्कीचुहा नगरपालिकाको कार्यालय र सीएमसी लम्की, लम्कीचुहा उद्योग वाणिज्य संघ र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा लम्कीचुहा नगरपालिकाको कार्यालय र बैंकर्स क्लब लम्कीबीच प्रतिस्पर्धा भएको थियो ।FB_IMG_1793449006935.jpg

    प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको उद्योग वाणिज्य संघको टिमले वार्षिकोत्सवलाई खेलकुदमय बनाउनुका साथै सहभागी संस्थाहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ ।FB_IMG_1793449011140.jpg

    संस्थाको ३१ औं वार्षिकोत्सबको अवसरमा मैत्रीपुर्ण फुटबल खेल आयोजना गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्थाका नीति तथा अनुपालन विभाग प्रमुख निति दिपकराज ढुंगानाले बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images