Logo

बिहिवार, मंसिर ११ गते २०८३

images
images
images

संस्थागत विद्यालय दोस्रो संस्करण नगर कप फुटबल प्रतियोगिता मंसिर ११ देखि हुँदै

संस्थागत विद्यालय दोस्रो संस्करण नगर कप फुटबल प्रतियोगिता मंसिर ११ देखि हुँदै

  • समाचार
  • मंसिर ४, २०८३ बिहिवार १७:२० बजे
  • 616
    SHARES
  • संस्थागत विद्यालय दोस्रो संस्करण नगर कप फुटबल प्रतियोगिता मंसिर ११ देखि हुँदै

    संस्थागत विद्यालय दोस्रो संस्करण नगर कप फुटबल प्रतियोगिता २०८३ आगामी मंसिर ११ गतेदेखि सञ्चालन हुने भएको छ । साना विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउँदै उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा निम्न माध्यमिक (निमावि) र प्राथमिक (प्रावि) तहका छात्र विद्यार्थीबीच फुटबल प्रतिस्पर्धा हुनेछ । संस्थापक संयोजक लोमश ढुंगानाका अनुसार प्रतियोगिता बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अम्मरपुर खेलमैदानमा सञ्चालन हुनेछ ।

    प्रतियोगिताअन्तर्गत निमावि तहको खेल आयोजनाको जिम्मेवारी कैलाली गुरुकुल स्कुल, मोतिपुरले पाएको छ भने प्रावि तहको खेल मोडेल लाइफ भिजन एकेडेमी, लम्कीले आयोजना गर्नेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करण २०८२ मा लिटिल एन्जल्स एकेडेमी, गणेशपुरको आयोजनामा सफलतापूर्वक सम्पन्न भएको थियो । पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

    सानै उमेरदेखि विद्यार्थीलाई खेलकुद क्षेत्रमा आकर्षित गर्ने, उनीहरूभित्र लुकेको खेल प्रतिभा उजागर गर्ने तथा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । विद्यालय तहबाटै खेलकुदको वातावरण निर्माण गर्न सके भविष्यमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिताले विद्यार्थीलाई पढाइसँगै खेलकुद क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images