कैलालीको लम्की बजारमा धमाला वस्त्रालय सञ्चालन गर्दै आउनुभएका व्यवसायी तथा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक एवं पूर्वसल्लाहकार स्वर्गीय धनीराम धमालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
धमालाको निधनप्रति दुःख व्यक्त गर्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाको नियमानुसार काजकिरिया खर्चबापत प्रदान गरिने २५ हजार रुपैयाँ नगद उहाँको परिवारलाई हस्तान्तरण गरेको हो। उक्त रकम सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले मृतकका परिवारजनलाई भेट गरी हस्तान्तरण गर्नुभएको थियो।
संस्थाको स्थापना तथा विकासमा स्वर्गीय धमालाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै सहकारीले उहाँको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको जनाएको छ। संस्थाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।



