Logo

बिहिवार, मंसिर ११ गते २०८३

images
images
images

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि चेतराज जैसी संयोजकमा मनोनित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि चेतराज जैसी संयोजकमा मनोनित

  • समाचार
  • मंसिर ५, २०८३ शुक्रवार २०:०० बजे
  • 310
    SHARES
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि चेतराज जैसी संयोजकमा मनोनित

    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति युएईको संयोजकमा चेतराज जैसी मनोनित भएका छन्। नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मंसिर २ गते जैसीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो। समितिले महाधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै जैसीलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।

    संयोजक जैसीका अनुसार १५औँ महाधिवेशनमा सहभागिता जनाउन युएईबाट सातवटै प्रदेशका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित १४ जनाको सहभागिता रहनेछ। महाधिवेशनलाई नेपाली कांग्रेसको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा पार्टीलाई थप गतिशील बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

    संयोजक जैसीले महाधिवेशनमा युएईमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। केन्द्रीय महाधिवेशन यहीँ मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • # राजनिती

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images