चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफ्ना मागहरु पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। डा केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्। डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालै भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गरी शीष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उनको माग छ। बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा मादपण्ड निर्धारण गरी पदाधिकारी नियुक्त गर्नेपर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘बीपी प्रतिष्ठानमा अरबौँ भ्रष्टाचारका लागि दोषि पदाधिकारीहरुको उन्मुक्ति नपाउन्, त्यहाँ उस्तै भ्रष्टहरुको नियुक्ति नदोहोरियोस तथा नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा नगाडोस् भनेर सरकार समक्ष निम्न मागहरु राखेका छौँ। यी माग पुरा नभएमा यदी भाद्र ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।



