प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्धको खोप उपलब्ध गराएकोमा भुटानलाई धन्यवाद दिएका छन्। भुटानका समकक्षी राजालाई प्रधानमन्त्री देउवाले शुक्रबार ट्वीटमार्फत् धन्यवाद दिएका हुन्। भुटानले पठाएको खोप आज शुक्रबार थिम्पुबाट जहाजमार्फत् काठमाडौं ल्याइएको छ। प्रधानमन्त्रीका अनुसार दुई लाख ३० हजार डोज खोप भुटानबाट आएको छ। यो भुटानले खोप पैंचो दिएको हो। उक्त परिमाणमा खोप नेपालले पनि भुटानलाई पछि फिर्ता गर्ने देउवाको भनाइ छ। उक्त खोप कोभिसिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकहरूलाई दिइनेछ।



