Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

  • समाचार
  • श्रावण २३, २०७८ शनिवार १५:३० बजे
  • 724
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय
    • कर्णाली भ्यूज

           कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शनिबार बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ ।                                                             शुक्रबार स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराएका थिए ।                                                         सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न स्वीकृती दिएपछि कक्षा १२ को परीक्षा साउन ३१ बाट सुरु गर्ने गरी सूचना जारी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images