Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्की लेडी जेसीजको आयोजना रक्तदान सम्पन्न , ५७ पिन्ट रगत संकलन ।

लम्की लेडी जेसीजको आयोजना रक्तदान सम्पन्न , ५७ पिन्ट रगत संकलन ।

  • समाचार
  • श्रावण २३, २०७८ शनिवार २१:३८ बजे
  • 973
    SHARES
  • लम्की लेडी जेसीजको आयोजना रक्तदान सम्पन्न , ५७ पिन्ट रगत संकलन ।
    • कर्णाली भ्यूज

    लम्की लेडिज जेसीजको आयोजनामा मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यले खुला रक्तदान कार्यक्रम कैलालीको लम्कीमा शनिबार सम्पन्न भएको छ । लम्की लेडी जेसीको आयोजना र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो ।                                                        लम्की लेडी जेसीजकी अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य कमलबहादुर शाह रहेका थिए भने विशिष्ट अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाह रहेका थिए ।                                                             अतिथिमा समाजसेवी देवानन्द जैसी , खडानन्द सापकोटा , लम्की जेसीजका अध्यक्ष घनश्याम डांगी लगायत लम्की जेसीजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु , लम्की लेडीज जेसीजका पदाधिकारी तथा पुर्व पदाधिकारीहरू , समाजसेवीहरूको सहभागीता रहेको थियो ।                                      रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको लम्की लेडीज जेसीजकी अध्यक्ष दुर्गा गुरुङले जानकारी दिएकी छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images