नेपाली कांग्रेसका महामन्त्री एवम् कांग्रेसका प्रभावशाली नेता पुर्णबहादुर खड्काले वर्तमान संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भन्ने खबर झुटा भएको स्पष्ट पारेका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्दै महामन्त्री खड्काले हिजो शुक्रबारदेखि स्थानीय तहलाई प्रदेश मातहत ल्याउने भनी सिफारिस गरेको प्रचार गलत भएको र यस्तो अन्यौलतालाई प्रष्ट गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । संविधान विपरीतको यस्तो सिफारिस गर्ने त के , कल्पना समेत गर्न नसक्ने भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्नु भएको छ ।



