स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साउन २३ देखि २९ गतेसम्म मनाउन घोषणा गरेको नेपाल मास्क अभियान कैलाली जिल्लाको लम्कीमा शुक्रबारदेखि सुरु गरिएको छ । मास्क अभियानका अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले लम्की बजारमा सहायता कक्षको संचालन गरि अभियान मनाउन लागेको हो। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको सहयोग र देराक टेन्ट हाउस लम्कीको टेन्ट सौजन्यमा शुक्रबार साउन २३ गतेदेखि २९ गतेसम्म एकहप्ता सहायता कक्ष संचालन गरि अभियान मनाइने नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न नेपाल मास्क अभियान चलाइएको जनाएको छ। 'म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु', 'म जिम्मेवार नेपाली' लगायतका नारा पनि मन्त्रालयले अभियानका लागि तय गरेको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्ने ‘नेपाल मास्क अभियान" सञ्चालन गरिएको बताए । "नेपाल मास्क अभियान" का अवसरमा लम्कीमा शनिबार सुरु गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय , बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम अधिकृत खेम प्रसाद भट्टराई , कार्यक्रमका कैलाली जिल्ला फोकल पर्सन बिकास नेपाली , बलिया उपशाखा कोषाध्यक्ष प्रेमराज मुडभरी, उपशाखा सदस्य चंचल जोशी लगायतकाको उपस्थिति रहेको थियो ।



