Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गरिने

सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गरिने

  • समाचार
  • श्रावण २४, २०७८ आइतवार ०८:१५ बजे
  • 874
    SHARES
  • सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गरिने
    • कर्णाली भ्यूज

        सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो ।                                                                                कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।                                     सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ ।                                                                                        शान्ति सुरक्षाको प्रत्याभूती, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत, पुननिर्माण तथा पुनस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध समेटिएको कार्यदलले जनाएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images