Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कुमारी बैंक लिमिटेड लम्की शाखाले पुरा मोविटेकसँग २५% छुटको समझदारीमा हस्ताक्षर

कुमारी बैंक लिमिटेड लम्की शाखाले पुरा मोविटेकसँग २५% छुटको समझदारीमा हस्ताक्षर

  • अर्थ
  • जेठ १६, २०७९ सोमवार १७:३२ बजे
  • 1.2K
    SHARES
  • कुमारी बैंक लिमिटेड लम्की शाखाले पुरा मोविटेकसँग २५% छुटको समझदारीमा हस्ताक्षर

    कुमारी बैंक लिमिटेड लम्की शाखा र लम्कीस्थित पुरा मोवि टेकबीच कुमारी बैंकका कार्डवाहकलाई २५ % सम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।                                        उक्त समझदारीपश्चात कुमारी बैंकका काडवाहकले पुरा मोवि टेक बाट प्रदान गरिने सेवाहरुमा २५ % सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन केबीएल इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।                                         यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र कार्डको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ। मोवाईल रिपेरिङ तथा सर्भिसमा २५% छुट ,ईलेक्ट्रोनिक सामान खरिदमा १०%, छुट र मोवाईल खरिदमा ५ % छुटको व्यवस्था गरिएको कुमारी बैंक लिमिटेड लम्की शाखाका प्रमुख पवन आचार्यले जानकारी दिनु भएको छ । आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले थ्रि डी रजिस्ट्रेसन सेवाको सुरुआत पनि गरेको छ।                                              यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। कुमारी बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १७७ वटा एटीएम र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।                                                       यसअघि लम्कीमा रहेको लालरत्न अस्पताल प्रालिसँग कुमारी बैंक कार्डबाहक ग्राहकहरूलाई १०% छुट दिने सहमति भइसकेको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images