Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बढी कर लगाउँदा इन्टरनेट महंगो, महंगो भएको गुनासो नआएको सरकारी दावी

बढी कर लगाउँदा इन्टरनेट महंगो, महंगो भएको गुनासो नआएको सरकारी दावी

  • अर्थ
  • फाल्गुण ६, २०७७ बिहिवार ०९:४९ बजे
  • 931
    SHARES
    • कर्णाली भ्यूज

    सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरूले नेपालमा इन्टरनेटमा लगाइने करका कारण इन्टरनेटको शुल्क महँगो हुन पुगेको बताएका हुन् । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा पर्ने भए पनि सरकारले धेरै कर लगाउँदा सर्वसुलभ हुन नसकेको उनीहरूको भनाइ छ ।

    कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक सेवामा कुनै कर नलगाउने भएको भए पनि इन्टरनेटमा भने लगाउने गरेको बताउनुभयो ।

    सरकारले नै इन्टरनेटमा कर बढी लगाएर सेवा शुल्क महंगो बनाएको अध्यक्ष पराजुलीको तर्क छ । पूर्वाधारको सहप्रयोग गरी इन्टरनेट वितरण हुँदा लागत कम हुनसक्ने भए पनि सरकारले पूर्वाधार कम्पनी खोल्न सहयोग नगरेको उहाँको गुनासो छ ।

    कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ब्रोडब्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्राहस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गरेको बताउनुभयो । सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

    अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हुँदैमा प्रयोग नबढ्ने दावी समेत गर्नुभयो । अहिले पनि उपभोक्ताबाट इन्टरनेट सेवा महंगो भएको गुनासो नआएको बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने बताउनुभयो ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको बताउनुभयो । इन्टरनेटको लागत कम गर्नका लागि पूर्वाधारको प्रयोगलाई डुप्लिकेसन हुन दिन नहुने बताउनुभयो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले वितरण प्रणालीलाई व्यवस्थित गर्न सक्दा समेत इन्टरनेटको लागत कम हुने उहाँले बताउनुभयो ।

    इन्टरनेटको कर घटाउने र पूर्वाधार प्रयोगको भाडादर कम गरेमा इन्टरनेट सेवालाई सबैको पहुँचमा पु¥याउन सकिने सरोकारवालाहरुको भनाइ छ । प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउँदा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको इन्टरनेट व्यवसायीहरूको गुनासो छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images