Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images
images

अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन

अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन

  • राजनीति
  • फाल्गुण ८, २०७७ शनिवार १२:४८ बजे
  • 472
    SHARES
  • अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन
    • कर्णाली भ्यूज

     प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिनुभएको छ ।

    शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने चेतावनी दिनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘यदि कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिहरूलाई पराजित गर्छौं ।’

    प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई दिनेमा ढुक्क हुन पनि कार्यकर्तालाई विश्वास दिलाउनुभएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला भएमा राजनीतिक गठजोड गर्नका लागि सांसदहरूको किनबेच, सरकार बनाउने र ढाल्ने जस्ताा फोहोरी खेल हुने प्रधानमन्त्रीको तर्क छ । अदालतले

    सर्वोच्च अदालतले देशका विभिन्न भागमा भएका सभाहरूबाट प्रकट भएका जनताका अभिमत, संविधानको मर्म र भावना तथा विघटन नभएपछिको परिणामलाई ध्यान दिएकाले कुनै पनि भ्रममा नपरी चुनावको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई दिर्नेशन दिनुभयो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images