Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

टेक्नोलोजीले मानिसलाई पछ्याउँदै

टेक्नोलोजीले मानिसलाई पछ्याउँदै

  • विचार
  • कार्तिक २, २०७८ मंगलवार २१:१८ बजे
  • 1.3K
    SHARES
  • टेक्नोलोजीले मानिसलाई पछ्याउँदै

    हेमन्त बहादुर शाह (कैलाली)                                                             मान्छेले नै निर्माण गरेको टक्नोलोजिले मानिसलाई जित्दै चलाउँदै गईरहेको छ । प्रविधीले मानिसका दुर्वल पक्षमाथी विजय पाईसकेको छ र अब सवल पक्षमा हमला गरिरहेको छ । अधिकांश विज्ञ मानिसहरूको भनाई के छ भने मान्छेलाई कमजोर बनाउनुछ भने उसका दुर्बल पक्ष बढाईदिनुपर्छ र सबल पक्ष घटाईदिनुपर्छ । रिस,आवेग,अभिमान आदी नकरात्मक पक्षलाई टेक्नोलोजीले क्रमशःबढाउदै लागिराखेको छ । टेक्नोलोजी जति बढेको छ ,मानिसमा हुने सम्पुर्ण नकरात्मक प्रकति पैदा हुँदै छ ।        received_717316242997854.jpeg                                    शारिरीक शक्ति, बौद्धिकता र चेतना मानिसका विशिष्ट क्षमता हुन ।टेक्नोलोजीको प्रयोगको कारणले अब ति क्षमताहरू ह्रास ल्याई सकेको छ । मेसिनले मानिसको शारिरीक तथा मानसिक शक्तिलाई जितिसकेको छ । अब टेक्नोलोजीले गर्दा बलको प्रयोग गर्न मानिस चाहिदैन । शारिरीक कामबाट वीमुख हुनुभनेको दुर्वल हुनु हो । स्वस्थ्य शरीरमा मात्रै स्वस्थ मष्तिक हुन्छ ,जुन अब संकटमा छ । अर्कोतिर बौद्धिक क्षमतामा पनि तल खस्किसकेको छ । स्मरण शक्ति मानिसको भन्दा कम्युटरको बढी भईसकेको छ र समस्याको समाधान मानिसले भन्दा छिटो र छरितो गर्ने भए तथा कुनै पनी प्रकारको दिमागको आवश्यकता पर्देन ।                                                     विगतका सञ्चार वर्तमानको ट्रेन्डका आधारमा कम्युटरले एकैछिनमा दिन्छ । टेक्नोलोजीले अहिलेसम्म मानिसलाई जित्न नसकेको र जित्ने सम्भावना कम भएको छैन भने मानिसको चेतना मात्रै छ। यही चेतनालाई थप विकास गरी यससँग जोडीएका सहायक पक्षहरु कमजोर हुँदै गए भने मानिसहरुको कष्ट क्रमश तल खस्कदै जानेछ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार ५.२ प्रतिशत किशोर किशोरीका मानसिक असन्तुलन छ । ३.९ प्रतिशत आत्महत्याको भावना आउने ‍गरेको छ। यस्तै १० प्रतिशत युवामा मानसिक असन्तुलन देखिएको छ । ७.२ प्रतिशतमा आत्महत्याको विचार आउने देखिन्छ ।प्रविधीको लतले मानसिक दुर्वलतालाई बढावा दिईरहेको छ ।मानिसहरु प्रायः सामाजिक सञ्जालमा टाँसिएका देखिन्छन ।एकैछिन ईन्टरनेट कनेक्शन नभए छटपटीने गर्छन । राती निन्द्राबाट विउँझिएपछि पनि मोबाईल हेर्ने । विहान उठ्नासाथ सबै भन्दा पहिले कति बज्यो भनेर हेर्ने मानिस एक घण्टा अल्मलिन्छ ,फेसबुक लगायतका सामाजिक सञ्चार उपयोग गर्ने भएर ।                                                               घरमा परिवारजनसँग वा कार्यालयमा ग्राकहरुसँग कुरा गरिरहदा समेत आखाँ औला समेत मोबाईलमै हुन्छन । यस्तो अभ्यासले कुनै विषयलाई गहिराईसम्म गएर बझ्न दिदैन।यसरी मानवको ध्यान ताकेर आर्याआजन गर्न अटेसन ईकोलोजिको प्रभाव बढिरहेको छ ।विज्ञापनहरुको बाढी नै छ । जसले मानिसको ध्यान आफुतिर तान्छ, लोभ्याउँछ र भौतारिने बनाउँछ । मानिस नचाहेर पनि करिब ७० प्रतिशत सुचनामा भुलि रहन्छ ।आफूले नखोजेका सुचना अल्गोरिदमले सिफारिस गर्छ र धनी त्यसैको पछि लाग्दा । जस्तै युटुबमा एउटा भिडीयो हेरीरहेको बेला अर्को भिडीयो नजिक आउँछ ,अनि त्यही हेछौँ ।हाम्रो ध्यान यसरी रिकोमेन्ट सिस्टमले भई रहेको हन्छ ।                                     अरुका फोटा स्टाटस र कमेन्टले हामीलाई उत्तेजित बनाईरहेका हुन्छन् ।कनेक्शनबाट छुटेपनि मन त्यतै भौँतारिरहेको हुन्छन् ।हाम्रो ध्यान पनी अरूको ध्यान तान्नमा केन्दित हुन्छ । के गर्दा लाईक शेयर हुन्छ भनी छटपटाईरहेको हुन्छ । यसरी टेक्नोलोजीले ध्यान भड्काउँदै लगेपछी मानिसको चेतनामा असर पर्दै जान्छ ।                                            चेतनामै खिया लागेपछी मानिस रहँदैन ।सो प्रकृति ध्यानको लागी टेक्नोलोजीको आवश्यक मात्रामा मात्र प्रयोग गरी समालोचनात्मक चेतनाको विकास गर्न आवश्यक छ ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images