कैलालीको लम्कीमा हुन गईरहेको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । लम्कीचुहा क्रिकेट क्लबको आयोजनामा ‘व्यक्तिव विकास, पारस्परिक सहयोग र राष्ट्रमका लागि खेल’ भन्ने नाराका साथ कार्तिक ११ गतेबाट हुने सुरु हुने प्रथम बिरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । लम्कीमा हुने सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश स्तरको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । १६ टीम दर्ता भइसकेका छन् भने खेल खेलाईने मैदानको तयारी पनि पूरा भएको छ ।’ प्रतियोगिताका संयोजक प्रमोद आर्चायले भने, बिहीबार ११ गते छोटो उद्धघाटन पश्चात पहिलो खेल लम्कीचुहा क्रिकेट क्लब लम्की र टीकापुर क्रिकेट क्लब टीकापुर बीच हुने छ ।’ देशभरीका १६ टिमका बीचमा प्रतिस्पर्धा गराईने प्रतियोगितामा बिजेता हुने टिमले एक लाख १ हजार एक सय ११ र उप विजेताले ४५ हजार एक सय ११ नगद रुपैयाँ पाउने छन् । प्रतियोगिता भरीको उत्कृष्ट खेलाडीलाई ५ हजार एक सय पाउने छन् भने उत्कृष्ट बलर, ब्याट्समेन, उदयमान खेलाडी, उत्कृष्ट फिल्डरलाई समान रुपमा ३ हजार एक सय पाउने छन् । प्रतियोगिताको मूख्य प्रबद्धर्क लम्कीचुहा नगरपालिका रहेको छ । त्यस्तै एजुकेशन पार्टनरमा कैलाली गुरुकुल ईङ्गलिस बोर्डिङ्ग स्कुल मोतिपुुर, फिटनेश पार्टनरमा लम्की जीम क्लब लम्की, आर आर जीम क्लब टीकापुर, बक्स पार्टनरमा ट्याक्स नेपाल सोलुशन प्रा.लि, स्ट्रजिटी टाईमा पार्टनरमा साम्राज्ञी ट्रेड एण्ड सप्लायर्स रहेका छन् । त्यस्तै चौका रनको प्रयोजकमा झरना फेशन हाउस, छक्का रनको प्रयोजकमा हाम्रो पाठशाला, विकेटमा अमृता एण्ड जे.भी विजनेश प्रा.लि रहेका प्रतियोगिताका संयोजक प्रमोद आचार्यले जानकारी दिएका छन् ।



