Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

  • खेलकुद
  • फाल्गुण ६, २०७७ बिहिवार १३:०४ बजे
  • 502
    SHARES
    • कर्णाली भ्यूज

    एजेन्सी । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा महङ्गा खेलाडी बनेका छन् । चेन्नईमा भएको अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

    न्यूनतम मूल्य ७५ लाख तोकिएका उनलाई राजस्थानले आईपीएलकै इतिहासमा सबैभन्दा बढी रकममा किनेको हो । यसअघि यो रेकर्ड भारतीय पूर्व क्रिकेटर युवराज सिंहको नाममा १६ करोड भारुको रहेको थियो ।

    त्यसैगरी अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १४ करोड २५ लाख भारुमा रोयल च्यालेन्जर्स बैङ्गलोरमा गएका छन् । त्यस्तै इङ्गल्याण्डका मोइन अलीलाई चेन्नई सुपर किङ्सले ७ करोडमा किनेको छ । शिवम दुबेलाई राजस्थानले ४ करोड २० लाखमा र बंगलादेशी खेलाडी शकिब अल हसनलाई कोलकाता नाइट राइडर्सले ३ करोड २० लाखमा किनेको छ ।

    अक्सनमा २ सय ९२ खेलाडी सहभागी रहेकामा २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images