Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मुलुक छोडेर मुग्लान पस्नु पर्ने प्रवासीको बाध्यता

मुलुक छोडेर मुग्लान पस्नु पर्ने प्रवासीको बाध्यता

  • विचार
  • बैशाख ४, २०७९ आइतवार ०८:३६ बजे
  • 2.3K
    SHARES
  • मुलुक छोडेर मुग्लान पस्नु पर्ने प्रवासीको बाध्यता

    प्राकृतिक सम्पदाले भरिएको देश नेपालमा हुर्किरहेका नेपाली नौ जवान युवाहरु आफ्नै राष्ट्रबाट बाच्ने स्थितिबाट बन्जित भएर नुनको सोझो बन्न मुग्लान पस्नुपर्ने बाध्यता पारिएको छ देशका साउसामन्त देखि लिएर दलाल भ्रस्टचारि शोषण दमन कमिसनबादिको चपेटामा परेका नेपालीहरुको मजबुरीले नेपाली युवाहरु बिदेश बस्न बाध्य भएका छन् ।                             देशका शासक बर्गहरु राष्ट्र र जनताको हितमा सोच्नु भन्दा ‌विदेशीको इसारामा चल्दै राष्ट्रिय स्वाधिनता सम्प्रभुताको बदनाम गर्दै र राष्ट्रिय सम्पदाहरुलाइ उनीहरुले भेटिचढाइ खुसि पार्ने काम बाहेक अरु केही काम गरेका छैनन् यस्तो अवस्थामा पनि विदेशीहरुले पनि नेपालको प्राकृतिक जलस्रोत माथि गिद्देनजर लगाउन थालेको छ आफ्नो स्वार्थ पूरा गर्नको लागि र नेपाल का शासक बर्गहरुलाई ललिपप देखाएर आफ्नै हालि मुहालि गर्दै आएको छ सोझा सिधा नेपाली जनताहरुलाइ प्रर्तिक्रियाबादिहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि गोर्खा सैनिकको नाममा भर्ति गराइ नेपाली युवाहरुलाइ पशुसरह बेचबिखन गर्ने सुरु गरिएको पनि इतिहासमा उल्लेख छ । नेपालका कुनै पनि कलकारखाना खुलेन्नन रोजगारको कुनै अबसर नआउँदा होनहार नेपाली युवाहरु विदेशीको गुलाम बन्न बाध्यता भएको छ ।                                                       आज नेपालका होनहार नेपाली युवाहरु र भोलीका लागि आवाज उठाउन भबिस्यको लागि भनिएका युवाहरु भारतको गल्लि गल्लिमा भौतारिंदै रअपमान सहदै कोहि भाडामाझ्न र कोहि चौकिदार गर्न बाध्य भएका छन् र कोहि युवाहरु खाडिमा मरेतुल्य जिबन बिताइरहेका छन् र अर्को भारतको बेस्यालयमा लाखौको सङ्ख्यामा नेपाली युवतीहरु जबरजस्ती आफ्नो शरीरलाइ बेच्न बाध्य बनाएको यथार्थ सुन्दा अथवा देख्दा कुनै पनि प्रवासी नेपालीहरुको मन खाइदैन र अब प्रवासी नेपाली हरुको यसको समधानको खोजि देश बाटै गर्नु पर्छ ।                                                        के प्रवासीनु नेपाली युवाहरुको भाग्य नै हो र देश तथा विदेशमा रहेका नेपाली युवा हरु अब प्रवासी नेपाली हरुले आफुभित्र परिवर्तन ल्याउनुपर्छ आफु भित्र सडेगलेका बिचारलाइ माक्सवादी साबुनले पखालेर धुनु पर्छ अब पुराना बिचार लाइ भुलेर नयाँ क्रान्ति बिचार प्रगति शिल मेहेनत जुझारु कार्यशैली निस्पक्ष निस्टा अनुशासित मुल्यांकनलाइ आत्मसात गर्दै आफ्नो बिचारको विकास होस भन्दै सबै देशका युवा एकजुट भएर जानुपर्छ।                                                                 उही प्रवासी ,                                                                   हरि ढकाल कोब्रा                                                            पञ्चपुरी १० , जामु सुर्खेत                                               हाल : मुम्बई गोराइ बोरिवलि बेस्ट महाराष्ट्र

  • सम्बन्धित विषय:

  • # #kpoli

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images