Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

केटूको आरोहणमा गएका तीन जनाको मृत्यु

केटूको आरोहणमा गएका तीन जनाको मृत्यु

  • 505
    SHARES
  • केटूको आरोहणमा गएका तीन जनाको मृत्यु
    • कर्णाली भ्यूज

    एजेन्सी । पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ ।

    यसै महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले मृत घोषणा गरिएको हो ।

    संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएको त्यहाँको सरकारले जनाएको छ ।

    खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजीकार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन् ।

    यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन् ।

    ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

    यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरिसकेको छ ।

    सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images