Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् : नेपाली सेना

सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् : नेपाली सेना

  • 538
    SHARES
  • सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् : नेपाली सेना
    • कर्णाली भ्यूज

    नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । गएकाे फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिन/नआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो 

    ‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेलले भन्नुभयो । 

    यसैबीच कोरोना महामारीलाई ध्यान दिएर यसपटक सेनाले भिडभाड हुने खालका कार्यक्रम नगर्ने भएको छ । टुँडिखेलमा सीमित व्यक्तिको उपस्थितिमा सेनाको कलाकौशल देखाउने कार्यक्रम हुने तर साङ्गीतिक कार्यक्रम, रात्रिभोजलगायतका कार्यक्रम नहुने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

  • सम्बन्धित विषय:

  • # नेपाली सेना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images