Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अछामको विकासका लागि नेतृत्व

अछामको विकासका लागि नेतृत्व

  • विचार
  • भाद्र ८, २०७९ बुधवार १८:०९ बजे
  • 3.2K
    SHARES
  • अछामको विकासका लागि नेतृत्व

               ✍️पुष्प न्यौपाने                                                                      फूलहरु फूल्नदेऊ – सन १९५६ तथा सोच्ने साहस गर र कदम चाल्ने ताकत राख–१९५८ लगायत महत्वपूर्ण ११ ओटा नाराले चीनको सोच्ने तरिका, मानिसको जीवन पद्धती, अभुतपूर्व विकासका लागि दृढ संकल्प र संसारमाथि प्रभुत्वका लागि बेइजिङलाइ महाशक्ति अमेरिकासंगको प्रतिष्पर्धामा उभ्याउने बनाइदियो । विकासका लागि स्पष्ट स्लोगान सहितको बोल्ड नेतृत्व जरुरी हुन्छ । जसको समाजिक स्विकार्यताको दायरा अरुभन्दा फराकिलो होस् । चिनियाँ शैलीको शक्तिशाली नेतृत्वको त हामी परिकल्पना गर्न सक्दैनौं तर यस मुलुकको विकासका लागि एक दृढइच्छाशक्ति भएको व्यक्ति आवश्यक छ । जसले भिजन सहित केन्द्र,प्रदेश र स्थानिय तहको समन्वयमा विकासको मोडल दिन,लागु गर्न र त्यसलाई सम्पन्न गर्न सकोस् । हामीलाई थाह छ छिमेकी भारतमा भाजपा ले फाइल बढुवाका आधारमा लालकृष्ण आडवाणी हुँदै सबै सिनियर नेताहरुको वरियताक्रमका आधारमा निर्वाचनमा जाने परम्परागत निर्णय यथावत राखेको भए नरेन्द्र मोदी प्रधानमन्त्रीको उम्मेद्वार बन्ने थिएनन् उनी विना भाजपा चुनाव जित्ने थिएन । मोदी वाहेक अरु कसैको लोकप्रियताले काँग्रेस आई लाई चुनौती दिन संभव थिएन ।                                                                             संसारका हरेक मुलुकमा जुन नेतृत्वप्रति जनताको सकरात्मक रुझान छ त्यसैलाई जिम्मेवारी सुम्पनुको विकल्प हुँदैन ।                                       अब म आफ्नो साँघुरो दायरा र एक नागरिकका हैसियतले पूर्वी अछामको वास्तविक धरातलतर्फ प्रवेश गर्छु । कैलाश खोलादेखी सेती र कर्णाली दोभानसम्म विशाल भू–भाग ओगटेको अछाम क्षेत्र नं. २ का गाउँ वस्तीहरु आफ्नो ऐतिहासिक विकासक्रमको सुरुवाती चरणदेखी नै पिछडिएका छन् । स्रोत साधन र सम्पदाले भरिपूर्ण त्यस क्षेत्रको विकास राजनीतिक–आर्थिक–सामाजिक –साँस्कृतिक दृष्टिले निकै यथास्थितीमा छ ।                                                                                सेती र कर्णाली किनारका ठूला फाँटहरु सिंचाइको अभावमा छन् । नदि किनारबाट दुई चार किलोमिटर माथिको रेन्जमा उर्वर जमिनहरु कहिं बाँझो छन् र कतै मुस्किलले किसानहरुले एक वा दुई बालीसम्म लगाउँछन् । ति सबै बालीनालीहरु आकाशेपानीको भरमा छन् । दुइटा नगरपालिका र दईटा गाउँपालिका अहिले पनि या त सोलार जडानको साहारामा छन् या त लालटिन र टुकीकै साहारामा छन् ।                                                                   नगरपालिकाको केन्द्रमा एकाध ठाउँमा पोल गाड्ने र वत्ति झुण्ड्याउने वाहेक विद्यतिकरणमा कुनै प्रगति हुन सकेको छैन । तर अछामको क्षेत्र नं. २ संग नेपालको ६० प्रतिशत बढी भु–भागलाई विद्युत उपलब्ध गराउनसक्ने अवस्था छ । तुर्माखाँद गा.पा. मा रहेको ९०० मेगावाटको अपर कर्णाली र तुर्माखाँद–ढकारी सीमा क्षेत्रको ४३९ मेगावाटको वेतान कर्णाली गरि झण्डै साढे १३ सय मेगावाट विद्युत उत्पादनको क्षमता सदुपयोगको प्रतिक्षामा छन् अछामबासी ।                                                           अपर कर्णालीसंगै सुरु भएका अन्य परियोजनाले ६० प्रतिशत काम सम्पन्न गरिसके जि.एम.आर. मातहतको अपरकर्णाली कहिले सुरु हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छैन । काम गर्ने वातावरणको ग्यारेण्टी स्थानियस्तरबाट हामीले गर्छौंं लगानीको ग्यारेण्टी गर्न तिमि असक्षम हो भने परियोजनाबारे पुनर्विचार गर्नुपर्ने भयो अन्यथा यथाशिघ्र काम सुरु गर भनेर जि. एम. आर. बारे एक जना जनप्रतिनीधिले आवाज उठाएन । वेतान कर्णालीमा सुर्खेत अछाम जोड्ने बेलिव्रिज देखी, विद्युतगृह,हेड टनेल, बेसक्याम्प हाउस, डाइभर्सन टनेल, वाँधस्थल कहाँनेर राख्ने, सुर्खेत र अछामको समन्वयमा कसको भूमिका के हुने यस्ता विषयमा जनप्रतिनीधि र विभिन्न पार्टीको केन्द्रीय समितिमा रहेका साथीहरुले कहिल्यै आवाज उठाएनन् । किनकी साथीहरुलाई यस्ता विषयमा चासो र सरोकार नै छैन । बरु अब सहयोग लिने बारेमा चाँही सोच्दै होलान् । विकास विषमताको अत्याधिक मार कसैले व्यहोरेको छ भने सबैभन्दा वढी त्यहि क्षेत्रले व्यहोरेको छ । पञ्चायती व्यवस्थादेखी निर्माणको चर्चा चलेको जंगलघाट पुल गणतन्त्र आउँदा पनि निर्माणकार्य अघि बढ्दैन । त्यो क्रमागतमै रहँदा साथीहरुलाई फाइदा हो वा त्यसका विषयमा आवाज उठाउँदा राजनीतिमा प्रोमोसनको मार्किङ घट्छ थाह छैन । दुई किलोमिटरको मोटरसाइकल बाटो निर्माण र शौचालय उद्घाटनमा बधाइ खाने हाम्रो वानी छ । कैलालीदेखी बाजुरा छुने चिसापानी जंगलघाट बाटो राष्ट्रिय राजमार्गमा समावेश छैन । सडक विभाग र पुल महाशाखा पुगेर हेर्दा साथीहरुको पहलबारे प्रष्ट हुने अवसर पाएकाले उदारा आश्वासन र चुनावी नाराले पूर्वी अछामलाई भोट वैंक बनाउने पुरानो रोगबाट हामी राजनीतिकर्मिहरु मुक्त होऔं भन्ने मेरो आग्रह हो । गंभिरताका साथ आत्मसमिक्षा गर्ने हो भने हामीले त्यस क्षेत्रका खानीहरु, विभिन्न सम्पदाहरु, बहुमुल्य बनस्पती,अमुल्य पुरातत्व र त्यस्ता क्षेत्रहरुको पहिचानका लागि कति रुची देखायौं ।                                          अथाह संभावना वोकेको कृषि,हाइड्रो र पर्यटनबारे कति ओटा सार्वजनिक सुनुवाइ गर्यौं । केन्द्रमा कति ओटा डेलिगेसन गयौं ? युवाहरुलाई कति सचेत गरायौं ? आदि ।                                                 वास्तवमा हामीले जनतालाई मुर्ख बनायौं भन्ने भ्रम पालिरहँदा हामी आफै मुर्ख र असक्षम भइसक्यौं भन्ने कुरालाई विर्सन हुँदैन । किनकी हामीकहाँ यातायातको सुविधा छैन, नदि तर्न पुल छैन । विद्युत छैन । सिंचाइ छैन । गतिलो अस्पताल छैन । शिक्षणसँस्थाहरुको अवस्था यति निरासाजनक छ कि हाम्रो जनशक्ति अवका केहि बर्षमा विश्व बजारमा होइन स्थानिय बजारका लागि समेत निकम्मा हुन वेर छैन । यि सबै कुराको जिम्मेवारी र जवाफदेही कसको हो ? आजको युगमा यति हालत खराब भएको क्षेत्रको नेता को हो ? अरुले हामीमाथि प्रश्न गर्दैन ? अत्याधुनिक सुविधा सम्पन्न बन्ने होडमा अस्पतालहरु हेलिप्याड सहित वनेका छन् तर हामीकहाँ विगत ३० बर्षदेखी सपनाका रुपमा अगाडि सारिएको कमल बजार एअरपोर्टमा बर्षमा एक दुई पटक हेलिकप्टर बस्यो भने हामी त्यस एअरपोर्ट प्रति गौरव गर्छौं । त्यस एअरपोर्टले कुनै दिन यात्रु सहितका विमानलाई दर्शन गर्ने मौका पाउँछ वा पाउँदैन त्यो अनिश्चित छ । सडकको कुरा गर्नुहुन्छ भने कैलालीको लम्कीबाट पूर्वी अछामका वस्तीहरुमा पुग्न ३ घण्टाको दुरी हो । तर हामी झण्डै १५ देखि १८ घण्टाको यात्रा गर्न बाध्य छौं । कर्णाली राजमार्गको तल्लो डुंगेश्वरबाट नदि तर्न पाए ५ मिनेटको दुरी पार गर्नुपर्ने रहफमा झण्डै एकसय कि.मि. दुरी पार गर्नु पर्ने अवस्था छ । ठिक त्यहि हालत सेती र कर्णाली पार गरी सुर्खेत डोटी र कैलालीसंग सम्पर्क गर्नुपर्ने ढकारी गा.पा. को छ ।                                                                     यद्यपि आगामी ५–७ बर्षभित्र यी वाध्यताहरुको अन्त्य गर्ने हाम्रो प्रयास जारी छ । फेरि पनि हामी जनप्रतिनीधिको हैसियत राखेर यस्ता आयोजनाहरुबारे तुरुन्त पहल लिएर सम्पन्न गर्ने ठाउँमा छैनौं । तर जनताका यी ज्वलन्त समस्यामा संघ र प्रदेशका जनप्रतिनीधिहरु तथा पार्टीको केन्द्रमा रहेका साथीहरु एवं केन्द्रीय भूमिकाको दावी गरिरहेका हामीले आफुलाई कहिल्यै लज्जित महशुस गरेनौं । के हाम्रो डायरीबाट लाज सरम हराएकै हो ? जनताले हामीतिर औंला तेर्साएका छन् र जवाफ मागेका छन् । शिक्षाको कुरा गर्दा प्राविधिक शिक्षाका लागि हामीसंग शिक्षणसँस्थाहरु छैनन् र वाहिरबाट पढेर जानेहरुलाई रोजगारीको सुनिश्चितता छैन । माध्यामिक तहको शिक्षाका लागि वि.व्य.स.,अभिभावक र शिक्षकबीच गंभिर छलफल गरि त्यसको सकरात्मक परिणामका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गरौं भन्ने विषयमा जन प्रतिनीधि साथीहरुले कहिल्यै कुनै विद्यालय अभियान चलाउनुभयो ? स्वास्थ्यको हालत हेर्नुस निर्वाचन क्षेत्र न.ं २ मा औसतमा २ सय बढी वर्ग कि.मि.को क्षेत्रफल भएका पालिकाहरु छन् । एउटा वार्डबाट अर्को वार्डमा मोटरसाइकल आवत–जावत गर्न समेत कठिन छ त्यस्तोमा पालिकाहरुले एउटा एम्वुलेन्स राखेका छन् । एउटा एम्वुलेन्सको कभरेज एरिया कति हो त्यस एम्वुलेन्सको राडारमा सर्वसाधारण विरामी पर्छ कि पर्दैन यस्ता अनगिन्ती कठिनाइहरु स्वास्थ्यमा छन् । संसद कोष परिचालन गरि एम्वुलेन्स ल्याउने योजनाका हालतहरु के भए ? हामी नागरिकको स्वास्थ्यप्रति कति संवेदनशिल छौं ? हामी गर्भवति आमा र नवजात सिशुको सुरक्षाप्रति कति संवेदनशिल छौं ? हामी वृद्ध,अपाङ्ग,अशक्त र असहाय नागरिकको सामाजिक सुरक्षाप्रति कति चिन्तित छौं ?                                                                                   यस्ता कुनै विषयले हामीलाई छुन नपर्ने उमेर र पार्टी आन्दोलनमा सहभागी भएको फाइल बढुवाकै आधारमा हामी टिकटका लागि मरिहत्ते गर्ने ? ४८ साल यताका ३० बर्षमा ६ पटक निर्वाचन भइसक्यो प्रतिनीधिसभाका सांसदहरु निर्वाचित भएर संसदभवन पुगेकै छन् । राष्ट्रियसभा र समानुपातिक बाट संसद भवन पुगेकै छन् । प्रदेशमा निर्वाचित र समानुपातिक सांसदहरु प्रदेशको संसदभवन पुगेकै छन् । त्यसकारण हामी कहाँ नेतृत्वको खडेरी होइन । इच्छाशक्ति भएको ,जिम्मेवार,विकासप्रति संवेदनशिल र जनताप्रति उत्तरदायी नेताको मात्रै खाँचो हो । नेतृत्वका लागि भौगोलिक सन्तुलन, तलदेखी माथिसम्म सम्पर्क र समन्वय गरि विकासका वारेमा आफ्ना धारणा प्रखर रुपमा राख्ने सक्ने व्यक्तिको खाँचो हो । बरु हामी नेताहरुको घरदैलो कार्यक्रममा सक्रिय भइरहेको यहि समयमा भनौं नेता ज्यू हामी टिकट माग्न आएका होइनौं । हामीले आफ्नो निर्वाचनक्षेत्रमा गर्नुपर्ने काम गर्न सकेनौं, जनताले कुनै वाद,विचारधारा,दर्शन र सिद्धान्तभन्दा पनि विकासप्रेमी व्यक्तिको खोजी गरेका छन् ।                                                                   हामी टिकट लिएर जनताको घरदैलोमा जाँदा अनगिन्ती प्रश्नहरुको बर्षा हुनेछ जसको सामना गर्ने र चित्तबुझ्दो जवाफ दिने ल्याकत हामीले राखेका छैनौं । त्यसैले यसपटक फलानोलाई टिकट दिनुस् हामी व्याकसाइडमा वसेर पार्टी चलाउँछौं । आन्दोलनमा सरिक भएको समयको जेष्ठता देखाएर तल निर्वाचन क्षेत्रका जनतामा आफ्नो पुरै पकड भएझैं भ्रम पार्टी नेताहरुलाई दिने हाम्रो वानी छ । वार्डदेखी पालिकासम्म कतिपए ठाउँमा उम्मेद्वार उभ्याउन नसक्ने अवस्थामा तपाईहरु कसरी पुग्नु भो भन्ने जस्ता जिज्ञासा पार्टीले राख्नुपर्छ । जनतामा के कारणले को लोकप्रिय छ , कसको छवि के हो ? यसको वास्तविक रिपोर्ट लिने संयन्त्र पार्टीले निर्माण गर्नुपर्छ । निर्वाचनमा विजयका मुल आधारलाई वेवास्ता गर्दै मनोपोली गर्दा हामीले विगतमा पनि देशका विभिन्न भागमा क्षति व्यहोरेका छौं । अछामका सन्दर्भमा पार्टी सत्ता र राजकिय सत्ता बाहिर रहँदा पनि काम गर्न चाहेका,प्रयास गरेका र त्यस क्षेत्रको विकासमा साँच्चै चिन्तित रहेका केहि साथीहरु सबै पार्टीमा छन् । त्यस्ता आशालाग्दा प्रतिभाहरुलाई अवसरबाट कुनै हालतमा वाहिर राख्ने सोंचले पार्टीमा जीवन भर्न कठिन हुन्छ । केन्द्रीय नेतृत्वको हैसियत बन्न बाँकी सबैका लागि घरेलु मैदान भित्र पनि आफ्नो पालिकामा वनेको छवि जिल्ला व्यापीरुपमा सकरात्मक वा नकरात्मक व्यक्तित्व निर्माणमा निर्णायक हुन्छ । संघ होस वा प्रदेश चुनाव लड्दा आफ्नो पालिका बाट हजार–पन्ध्रसय भोट लिने अवस्था के छ त्यस चुनौतीबारे पनि ख्याल गर्नुपर्छ ।                                                           राजनीति र वरियता निर्वाचनताका टिकट लिने उद्देश्य बाहेक अरु समयमा सो गर्न नसक्ने हाम्रो नाजुक हविगतले जनता आजित छन्, विकास ठप्प छ । निराशा व्यापक छ र भविष्य अँध्यारो छ यस पटक पुराना गल्ती नदोहोर्याँउ । निराशालाई आशामा बदलौं र अँध्यारो भविष्यको चिन्तालाई उज्यालो भविष्यको उत्साहमा बदलौं यसका लागि सबै पार्टीका साथीहरू

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images