Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय बैठक सम्पन्न

कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय बैठक सम्पन्न

  • विचार
  • भाद्र १०, २०७९ शुक्रवार १०:४० बजे
  • 607
    SHARES
  • कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय बैठक सम्पन्न

    कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय inception बैठक सम्पन्न भएको छ । GIZ को आर्थिक सहयोग तथा व्याकवार्ड सोसाइटी एजुकेसन (वेस) को सहकार्य तथा लम्कीचुहा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भयको छ ।          received_1250936712405871.jpeg                                   कार्यक्रमको उदेश्य तथा क्रियाकलापको बारेमा जानकारी दिदै परियोजनाका संयोजक लक्ष्मण चौधरीले कार्यक्रमबाट कोभिड १९ खोपको दायरा बढाउने उदेश्य रहेको बताउनु भयो साथै उहाँले पालिकाका स्वयंसेविकालाई यस कार्यक्रम सम्बन्धि तालीम दिएर खोप लगाउन छुटेका ठाउँमा ३ वटा शिबिर संचालन गर्ने बताउनु भयो । दशै तिहारको समयमा धेरै जस्तो मान्छेहरु बाहिरबाट गाउँ घरमा आउने भएकोले यहि समयमा अभियान चलाउने बताउनु भयो ।  Screenshot_20220826-104051_Gallery.jpg                                                                         उक्त कार्यक्रममा सहभागी हरुले कोभिड १९ खोपको दायरा कसरी बढाउन सकिन्छ भन्ने कुरामा सल्लाह सुझाव दिनु भएको थियो । पालिकाका स्वयम् सेविकालाई तालीम दिने, तालीम पछि उहाँहरुलाइ परिचालन गर्ने, त्यस पछि खोप लगाउन छुटेका ठाउँको पहिचान गर्ने, ठाउँ पहिचान गरे पछि उक्त ठाउमा शिबिर संचालन गर्ने उदेश्य रहेको छ ।                                            कार्यक्रममा व्याकवर्ड सोसाइटी एजुकेसन (वेस) का जिल्ला अध्यक्ष रामरसी चौधरी तथा वेसको क्षेत्र न ३ का अध्यक्ष रामजनम चौधरी र क्षेत्र न ५ का सचिव सुनिल कार्की सहभागी हुनुहुन्थ्यो साथै लम्किचुहाका विभिन्न वडाका वडा अध्यक्ष , स्वास्थ शाखाका इन्चार्ज लगायत अन्यको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images