Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

  • राजनीति
  • फाल्गुण ७, २०७७ शुक्रवार ०७:२८ बजे
  • 511
    SHARES
  • प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
    • कर्णाली भ्यूज

    नेकपा प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

    यसअघि  सो पक्षले आफ्ना सवै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो ।राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।

    पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।

    कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

    प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images