Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

विदेश पलायन र बसाइँसराइले रित्तियो राजकाडा

विदेश पलायन र बसाइँसराइले रित्तियो राजकाडा

  • विचार
  • चैत्र २९, २०७९ बुधवार २२:५३ बजे
  • 1.8K
    SHARES
  • विदेश पलायन र बसाइँसराइले रित्तियो राजकाडा

    गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्। सुनसान गाउँ जीर्ण घरहरू। बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन।

    एक दशक अगाडिसम्म निकै रमाइलो राजकाडा गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ। कैलालीको  मोहन्याल गाउपालिका वडा नम्बर ७ राजकाडा गाउँमा युवा भेट्याउनै मुस्किल पर्छ। कोही बिरामी पर्‍यो भने अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत यस गाउँमा छैनन्। भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो। यस गाउँका अधिकांश युवा विदेशिएका छन्।

    विदेश नगएका परिवार लिएर बजार झरे। यहाँका धेरै युवा जापानमा छन्। केही युरोपतिर खाडी तिर युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन्। स्थानीय राजेन्द्र भुडभरी र चन्द्र ब शाही बुवा हरु भन्नू हुन्छ गाउँमा कोही बिरामी पर्‍यो भने तत्काल अस्पताल पुर्‍याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन्।”

    विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको बुवाहरू बताउनुहुन्छ । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको बुवा हरु को भनाइ छ। “बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्,” भन्नू हुन्छ। “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन्।” छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउँछ्न उहाँ हरु एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपाती र राउनेले भरिएको बताउछ्न “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजिलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती राउने उम्रिएको छ,” पहिलेदेखि बसेका बुवाहरू बताउनुहुन्छ । विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय मन बहादुर  शाही फुपा बताउनु हुन्छ “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो,” बुवा हरु भन्नू हुन्छ ।

    “अहिले त जापान कोरिया बायक अरू ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरू सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवार नै उतै लगे, गाउँ सुनसना भयो।” सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताए। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँ हरु को भनाइ छ। उहाँ हरु भन्नू हुन्छ , “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरू मात्रै छन्।” बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको जालवा प्राथमिक विद्यालयका प्रधानाध्यापक कल प्रसाद जैसी ले बताए। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा ३० जना विद्यार्थी रहेको उनको भनाइ छ। प्रधानाध्यापक जैसी अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन्। विद्यालय ५ जना शिक्षकको भरमा चलेको उनको भनाइ छ। “बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै शहर तीर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन कुरै भएन,” प्रधानाध्यापक जैसी भन्नू भयी , “कक्षा पाँचसम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थी नै छैनन्, ३० विद्यार्थीलाई ५ शिक्षकले पढाउँछौँ, । धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको हो ।

    बसाइँसराइले सिङ्गो गाउँनै रित्तो बन्न थालेको छ। पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए। अहिले १५ परिवार मात्रै बस्ने गरेका छन्। “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्,” मोहन्याल गाउपालिका ले बसाइँसराइ रोक्न गाउपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको छैन पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिनु प्रछ ब “लम्की चिसापानी मा बसाइँसराइ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिनु प्रछ शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गर्नु प्रछ ,” लम्की राजकाडा जुतेसुली सडकलाई मुख्य जोडदिनु प्रछ मोहन्याल गाउपालिका ले सडक १२ महिना चल्ने बनाउन आवश्यक छ ।।राजकाडा पर्यटन बिकास खानेपानी माल्चाना जुतेसुली कुइने सडक निर्माण गर्न सके बिकाश ले गतिलिने छ।जुतेसुली लाई सुन्तला पकेट क्षेत्र बनाउन आवश्यक छ सडक नपुगेका गाउमा सडक पुगाउन आवश्यक छ ।किसानले उत्पादन गरेको फलफूल लाई बजार सम्म ल्याउन सक्ने बाताबरण बने युवा पलायन हुन बाट रोकिने छ।राजकाडा हराबरा हुनेछ ।

    लेखक : लोकेन्द्र शाही

    हाल:  वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा कार्यरत छन् । 

  • सम्बन्धित विषय:

  • # मोहन्याल गाउँपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images