म बिगत ३० बर्षदेखि यहि समाज सँगै घुलेर भुलेर रमाएर हुर्किएको एक व्यक्ति हु। जन्मघर अछाम ढकारी गाउँपालिका (दाउनमोरा) मेरो बाल्यकाल करिब ९ बर्ष त्यही समाजमा हुर्किए । त्यसपछिको बसाइसराइ गरि त्यो बेलाको मसुरिया गाबिस वडा न १ र हालको गौरिगङ्गा न.पा . वडा न ५ कैलालीमा बसोबास भयो।
हो जिन्दगीको उमेरसँगै समाजसँग हिडडुल गर्ने ब्यक्तिसँग संगत गर्दै घुम्दै फिर्दै डुल्दै जिवनका उमेरहरु बड्दै गरे। म त्यही समाजसँग घुलित हुँदै शिक्षा प्राप्त गर्ने थाले , केही संगतले सहि सिकायो भने केही संगतले गलत पनि तर पनि म यहि समाज भन्दा बाहिर भएन र जान सकिएन । हुन त हामी आज हरेक शब्द आजको युग २१ औं शताब्दीको युग भन्छु तर त्यो व्यबहारमा लागू गर्ने सकेका छैनन् अनि म पनि त्यही समाजको ब्यक्ति हु। म त्यही समाजको ब्यक्ति हु जो समाजमा अगाडि हिड्न लगाएर पछाडि भाग्नेहरु साथ छोड्नेहरुको पनि कमि नभएको होइन । म त्यही समाजको ब्यक्ति हु जहाँ सहि र गलत भन्ने कुरा पार्टी ब्यक्ति नातावाद कृपावादसङ्ग जोडिन्छ ।म त्यस्तो समाजको ब्यक्ति हु जहाँ सत्य र झुट पहुँचको आधारमा निर्धारण गरिन्छ।हो म त्यही समाजको ब्यक्ति हु जहाँ सत्य र झुट थाहा पाउँदा पाउदै पनि चुप बसेर रमिता हेर्ने हरुको बिचमा छु।म त्यही समाजमा हुन्छु जहाँ बोलेन भने कमजोर र बोल्यो भने मुर्खताको बिल्ला दिने समाजमा छु । हो म त्यही समाजलाई चिन्छु जहाँ हरेक सफलता प्राप्त गर्नेको लागि गलत थाहा हुदाहुँदै पनि तपाई हजुर जिउहजुरी गर्दै स्वार्थवादको नारा दिनेहरु कै बिचमा छु। हो म त्यही समाजमा छु जहाँ केही गरौ भन्दा रिस र नगरे पछि खिस्सी गर्नेहरु कै बिचमा छु।
म यस्तो समाजमा छु जहाँ पार्टीका मान्छेले जित्दा बिरोध गर्नु हुदैन अर्कै पार्टीले जित्दा राम्रो काम गरे पनि बिरोध गर्नु पर्छ भन्ने सोच भएकासँगै छु। हो म त्यहि समाजमा हुर्केको छु जहाँ ठुल ठुला भाषण गरेर शिक्षामा स्वास्थमा आमूल परिवर्तन गर्छु भन्ने हरु आफ्ना छोरा छोरीलाई private school मा पढाउन्छ्न भने private hospital मा चेकजाँच गर्छ्न।म त्यही समाजमा छु जहाँ राजनीति भनेको सेवा नसम्झेर जागिर सम्झेर हिड्ने भिडभाड नै देख्छु।म त्यही समाजमा छु जहाँ उमेर पुगेर बिहे किन गरिनश भन्नेहरु divorce गरेर बसेका छ्न।म त्यही समाजको ब्यक्ति हु जहाँ आमा बुवाको सेवा नै धर्म हो भन्नेहरु आमाबुवालाई नै आश्रममा लगेर राखेको देख्छु।म त्यही समाजको ब्यक्ति हु जहाँ जाडरक्सि जुवा तास समाजका अपराधी गतिविधि गर्नु हुन्न भन्नेहरु नै दैनिकी त्यही गतिविधि गरेको देख्छु। म त्यही समाजमा छु जहाँ सेवा नै धर्म हो भन्नेहरु नै सामन्ती छ्न।म त्यही समाजको ब्यक्ति हु जहाँ विभेद गर्नु हुन्न भन्नेहरु एउटा छोएको पानी समेत पिउदैन्न। म त्यही समाजको ब्यक्ति हु देश बनाउन्छु भन्नेहरुले एक मिनेट पनि देशको लागि समर्पित काम गर्दैनन् ।म त्यही समाजको ब्यक्ति हु जुन नितिबिधी पद्धति र न्यायलयका कुरा गरिन्छ्न त्यही मान्छे हुन जसले कहिले त्यो कानुन संविधान नीति पद्धति मानेनन् ।
म त्यहि समाजको ब्यक्ति हु जागिर खादा सरकारी खानुपर्छ छोराछोरीहरुलाई निजिमा राख्नु पर्छ।म त्यस्तो समाजमा छु जहाँ संविधानका धारा उपधाराका कुरा गर्नेहरु नै संविधान मिचेर अगाडि बढेका छ्न।म त्यस्तो समाजमा छु जहाँ हत्या हिंसा बलात्कार चोरीलाई जघन्य अपराध मानिन्छ । तर पहुँचको आधारमा नै तिनी अपराधीहरु रातदिन खुलेयाम हिडडुल गरेका छन।म त्यस्तो समाजमा छु जहाँ बिदेशमा बस्ने मानिसहरुको रेमिटेन्स चल्छ तर airport मा दुईवटा मोबाइल भय मोबाइल जफत गरिन्छ।
हो म त्यही समाजमा छु जहाँ खाडीबाट आएको एउटा चकलेट देखिन्छ तर त्यहीबाट सयौं किलो सुन र हिरा देखिदैन। त्यसैले म भन्छु आखिर मेरो समाज कहिले परिवर्तन हुन्छ?म भन्छु आखिर मेरो समाज कस्ले परिवर्तन गर्छ? आखिर मेरो समाजमा भएका सहिलाई सहि गलत लाई गलत कस्ले भनी दिन्छ? आखिर मेरो समाज कहिले विभेद मुक्त हुन्छ? आखिर यो समाजको चिन्ता कसलाइ छ? त्यसैले आज सम्म मैले देखेको समाज यहि हो ।
लेखक : करन साउद (युवा समाजसेवी ) गौरीगंगा नगरपालिका कैलाली



