Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आत्मघाती गोलका कारण लीड्स युनाइटेड पराजित

आत्मघाती गोलका कारण लीड्स युनाइटेड पराजित

  • खेलकुद
  • फाल्गुण ८, २०७७ शनिवार ०३:१२ बजे
  • 487
    SHARES
  • आत्मघाती गोलका कारण लीड्स युनाइटेड पराजित
    • कर्णाली भ्यूज

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेमला वुल्भ्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

    वुल्भ्सको जितमा गोल भने लीड्सले गरेको हो । लीड्सका मेस्लिएरले ६४ औं मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जित र भ्रमण टोलीको हारको कारण बन्यो ।

    लीड्सका लागि खेलको अन्तिम समयमा प्याट्रिक बामफोर्डले बराबरी गोल गरेका थिए, तर सो गोलले मान्यता पाएन । जितपछि २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स ११ औं स्थानमा उक्लिएको छ । २४ खेलबाट ३२ अंकसहित लीड्स १२ औं स्थानमा छ ।


    यस्तै आज राति भने लिगअन्र्तगत तीनवटा खेल हुँदैछन् । साउथह्याम्टन विरुद्ध चेल्सी, ब्रुन्लेविरुद्ध वेस्ट ब्रोमविच अलबीन र लिभरपुलविरुद्ध एभर्टन भीड्ने भएका छन् ।

    एजेन्सी


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images