Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

" मेरो नजरमा एक सशक्त निडर नारी सावित्री अधिकारी "

" मेरो नजरमा एक सशक्त निडर नारी सावित्री अधिकारी "

  • विचार
  • कार्तिक १०, २०८० शुक्रवार १५:२५ बजे
  • 2.7K
    SHARES
  • " मेरो नजरमा एक सशक्त निडर नारी सावित्री अधिकारी "

    ✍️करन साउद 

    " जस्को कोहि हुदैनन् उसकै हुन्छ्न सावित्री अधिकारी " समाजसेवा भन्ने बित्तिकै हुरुक्क हुने एक नारी भएर जन्म लगे पनि पुरुष भन्दा अगाडि अग्रसर भएर समाज प्रतीको दायित्व पूरा गर्ने नारी सावित्री अधिकारी ।आफू राज्यको सबै भन्दा माथी कार्यन्वन गर्ने निकाय प्रधानमन्त्रीको सचिवालयमा रहँदा पनि आज पनि उस्तै हिजोको जस्तै समाजसेवा गर्ने मन सोच अनि उर्जा उहाँ मै अझै उस्तै छ त्यसैले त गर्ब लाग्छ उहाँ जस्तै ब्यक्तिको जन्म अनि स्थान सबै ठाउँ मा भै दिएको भए आज हाम्रो समाज परिवर्तन हुन धेरै दिन लाग्ने थिएन ।

    देश रमा होस कि बिदेशमा अलपत्र समस्यामा परेका नेपाली नागरिकको लागि आफू नसुतेर पनि आफू रेस्ट नगरेर पनि सबैको लागि सोच्ने नारी हुन सावित्री अधिकारी। देशमा पछिल्लो चरणमा बर्षा यामको बाढी पहिरोमा परेका जनताको मलम पट्टी हिउदोमा जाडोले कठ्याग्रिएका जनताको लागि राज्यले गर्नु पर्ने दायित्वमा अग्रसर भएर जनतालाई सेवा दिने एक नारी साबित्री अधिकारी । बिदेशमा अलपत्र नेपालीलाई नेपाल ल्याउन र नेपालबाट बिदेश पठाउने गैर सरकारी दलालहरुलाई कानुनी कार्बाही गर्ने सम्मको लागि पहल कदमी गर्ने नारी हुन सावित्री अधिकारी । आफू प्रधानमन्त्रीको सचिवालय भए पनि म मानव भएर जन्मेको र मानवता नै सबै भन्दा ठूलो धर्म मान्ने नारी हुन सावित्री अधिकारी ।जस्को कोहि हुदैन जुन ठाउँमा कसैको नजर परेको हुदैन उसको अनि त्यही ठाउँमा पुग्ने नारी हुन सावित्री अधिकारी ।

    पारिवारिक रुपमा सबल भए पनि जीवन शैली सधै सरल सामान्य अनि जनताकै स्तरमा हिड्ने स्वाभाब भएकी नारी हुन सावित्री अधिकारी । अन्याय परेकालाई न्याय दिने र समस्या परेकालाई साथ दिने बानी भएकी नारी हुन् ।नेपालका थुप्रै बिकट जिल्लाहरुमा हुने समस्यामा सधै नजर गएर त्यहाँका जनताको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने अनि अस्पताल होस कि मसान घाट त्यहा सम्म पुगेर सहयोग गर्ने कामको हुटहुटि भएकी नारी हुन सावित्री अधिकारी ।आफ्नो र परिवारको समस्या भन्दा माथी समाज र रास्ट्रको समस्या हो भनेर सधै परिवार भन्दा माथी राज्यलाई राखेर जनताको सेवामा लाग्ने नारी हुन् ।समाजमा गरेका थुप्रै सामाजिक परिवर्तन सेवाका कार्यले उहाँलाई थुप्रै संघ संस्था तथा राज्यले थुप्रै चोटि सम्मान गरेको छ कर्म राम्रो गरे धर्म कमाइन्छ भन्ने सोच भएकी नारी हुन सावित्री अधिकारी ।जनताका आधारभुत आवश्यकलाई सधै माथी राखेर राज्यले गर्नु पर्ने र सक्ने दायित्व पूरा गराउनको लागि सिंहदरबार र बालुवाटारका हरेक कुना कप्चामा गएर पहल कदमी गरि जनताका आधारभुत काम गर्ने खुशी हुने नारी हुन सावित्री अधिकारी ।

    पछिल्लो समयमा इजराइलमा भएको हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको छ( दु:खद । इजरायलबाट नेपाल लास ल्याउन ठूलो पहल कदमी गर्ने मध्ये राज्यलाई ढकढकाउने एक नारी हुन सावित्री अधिकारी ।सुदुरपश्चिमका ४ भाइको लास नेपाल ल्याउन राती १/२ बजे भए पनि airport मा गएर रिसिभ गरेर मिर्तकका परिवारलाई सान्त्वना सहानुभूति र आफ्नोपन दिने र घाउ मा मलम पट्टी लगाउने नारी हुन सावित्री अधिकारी। ४ वटै भाइको लासलाई सुदुरपश्चिमको धनगढीसम्म प्रत्यक्ष रुपमा आफै उपस्तिथित भएर सबै लासहरुलाई सम्बन्धित ठाउँ मा पुगाएर लागेको घाउमा मलम लगाएर जाने एक नारी हुन सावित्री अधिकारी ।

    पछिल्लो चरणमा सुदृरपश्चिममा भएका थुप्रै समस्यालाई आफ्नै समस्या सम्झेर यहाँका समस्यालाई लियर सिंहदरबारका सबै मन्त्रालयमा पहल कदमी गरेर सु.प. जनताको घाउमा मलम पट्टी गर्ने नारी हुन सावित्री अधिकारी। सुपमा भएका थुप्रै घटना सुत्केरीका हुन कि आगलागीका हुन कि भिर पाखा बाट खसेका हुन कि नदिनालामा डुबेका हुन कि हरेक समस्यालाई नजिकै बाट सहयोग गर्ने र राज्यको ध्यानाकर्षण गराउन सक्ने नारी हुन सावित्री अधिकारी ।

    म भन्दा हामी शब्दको प्रयोग बढी गर्ने स्वाभाब भएकी जन्मले महिला (नारी) भए पनि कर्मले पुरुष भन्न मन लाग्न्ने एक निडर सशक्त नारी हुन सावित्री अधिकारी। जिन्दगीको अन्तिम सत्य मृत्यु हो । यसलाई कसैले ठगेर ठगिने र झुट बोलेर झुटो हुने होइन त्यसैले बाचुनजेल यो समाजको लागि र समाजलाई केही दिएर मात्र जानू पर्छ भन्ने मन कर्ममा लाग्ने नारी हुन सावित्री अधिकारी ।

    त्यसैले आज भन्न मन लाग्छ साच्चै उहाँ जस्तै थुप्रै नारी पुरुषको जन्म र राज्यका निकायका हरेक ठाउँमा भएको भए आज यो समाज परिवर्तन गर्ने धेरै समय नै लाग्ने थिएन।त्यसैले त भन्न मन लाग्छ "people identify by fame not name"

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images