Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

यसकारण रोकियो नेपाल र चाइनिज ताइपेईबीचको विश्वकप छनोट खेल

यसकारण रोकियो नेपाल र चाइनिज ताइपेईबीचको विश्वकप छनोट खेल

  • खेलकुद
  • फाल्गुण ८, २०७७ शनिवार ०३:४१ बजे
  • 559
    SHARES
    • कर्णाली भ्यूज

    आगामी मार्चका लागि तय भएको नेपाल र चाइनिज ताइपेईबीचको फुटबल खेल स्थगित भएको छ । फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत नेपाल र ताइपेईबीच तय भएको खेल स्थगित भएको हो ।

    यसअघि यी दुई बीचको खेल आगामी मार्च २५ मा (चैत १२ गते) खेलिने तय भएको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार नेपाल र ताइपेईबीचको खेल स्थगित भएको जनाएको छ ।

    दशरथ रंगशाला नेपालले ताइपेईलाई निम्त्याउने तय भएको खेल अब स्थगित भएको हो । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धको कारण खेल स्थगित भएको एएफसीले जनाएको छ ।

    नेपालले अष्ट्रेलियासँगको खेल भने दशरथ रंगशालामा नै खेल्नेछ । नेपालले मार्च ३० मा (चैत १७ गते) अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अष्ट्रेलिया, जोर्डन र ताइपेईसँग खेल्न बाँकी रहेको छ ।

    कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images