Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युरोपको माल्टामा नेपाली चर्चित कलाकारको बेजोड प्रस्तुती : दर्शकले लिए भरपुर मनोरन्जन

युरोपको माल्टामा नेपाली चर्चित कलाकारको बेजोड प्रस्तुती : दर्शकले लिए भरपुर मनोरन्जन

  • 4.8K
    SHARES
  • युरोपको माल्टामा नेपाली चर्चित कलाकारको बेजोड प्रस्तुती : दर्शकले लिए भरपुर मनोरन्जन

    धनराज विक (अविरल) पौष १४ माल्टा (युरोप)

    युरोपको माल्टामा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाछन् । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रममा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएका हुन् ।Messenger_creation_9bd49f5d-3045-434f-b94f-ff48990ef3b1.jpeg

    चर्चित गायक रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, हास्यकलाकार जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) र शिवहरी आर्चायले आफ्नो प्रस्तुती मार्फत माल्टामा कार्यक्रममा सहभागी नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । कामको व्यस्तताबाट समय निकालेर कलाकारको प्रस्तुती हेर्न आएका दर्शक हाँस्दै नाँच्दै एकआफसमा रमाइ रहेका थिए ।

    रातीको करिब ९ बजिसेकोको थियो । लाईटकोे उज्यालो प्रकाशले रातपनि दिनजस्तै माल्टाको शहर देखिन्थ्यो । रातीको समयमा पनि कलाकारको प्रतीक्षा गरेर बसिरहेका दर्शकको बीचमा एक्कासी हास्यकलाकार जितु नेपाल (मुन्द्रे) मञ्चमा देखिए । उनले जब नमस्कार गर्दै दर्शकलाई स्वागत गरे दर्शक दृघाबाट पनि वेलकम माल्टा भन्दै तालिका पर्रा छुटेका थिए ।Messenger_creation_b3f50740-1de7-4161-bb97-670398d31f52.jpeg

    मुन्द्रले सुरुमा माल्टा देशको नीति नियम र सिस्टम (प्रक्रियाको) प्रशंसा गरेका थिए । यति राम्रो देशमा कामको सिलसिलामा आउने नेपाली झनै राम्रो भएको बताउँदै यो देशको सिस्टम सिकेर भविष्यमा आफ्नै देशमा केही गर्नुपर्ने स्मरण गराएका थिए । उनले भने, “मैले माल्टामा कतैपनि सडकमा प्रहरी देखिन, कतैपनि ट्राफिक जाम देखिन सबै अनुशासनमा आफ्नो कर्तव्य पालना गरेको देख्दा निकै खुसि लाग्यो ।” मलाईत यतापनि बालेन जस्तै व्यक्ति रहेछन् भन्ने लाग्यो ।

    कलाकार मुन्द्रले माल्टामा रहेका नेपालीलाई तिखो व्यंग्यपनि गरे । विकसित देशमा आएका नेपालीहरुले समयको पालना गरी समयमै कार्यक्रम संचालन गर्छन होला सोचेको थिए तर सोचेजस्तो भएन भन्दा दर्शकहरुले नेपाली समय हो भन्दै उल्टै व्यंग्य गरेका थिए । तर कार्यक्रममा सहभागी सामाजिक अगुवा व्यक्ति भने भित्रभित्रै नेपालीको समयको लापारबाही गर्ने यस प्रसङ्ग र प्रवित्तिमा गम्भिर बनेका थिए । मुन्द्रले दर्शकको उपस्थिति थोरै देखेपछि व्यंग्यगर्दै दर्शक थोरै नभएको तर हल ठूलो भएको बताउँदा दर्शक मजाले हाँसेका थिए । अरु देशमा नेतालाई फुल बर्साउछन् हाम्रो देशमा त नेताका गाडी जलाउछन् भनेपछि दर्शकले उर्फिउर्फि हुटिङ गरेका थिए ।

    कलाकार मुन्द्रेको जोडदार प्रस्तुती पछि चर्चित गायक जुनु रिजाल काफ्ले मञ्चमा आईन् । उनले सुरुमै गजलका छापामार भनेर चिनिएका टिकापुरका गजलकार धिरज त्रिवेणीको गलज एक सुन्दर शहर थियो पिपलछेउमै बर थियो, न दोष तिम्रो न दोष मेरो दोषीत हाम्रो नजर थियो भन्ने गजल सुरिलो स्वरमा गाउँदा दर्शकहरुले वावा गर्दै आनन्दले रमाएका थिए । त्यसपछि दोस्रो गीत सपनीमा आयौ प्रदेशी मेरो दाहिने हात समायौ, लगाइतका आधा दर्जनभन्दा गीत प्रस्तुत गरेकी थिइन् । पत्रकार संगको छोटो भलाकुसारीमा गजलकार धिरज त्रिवेणीलाई सम्झदै अहिले गुमनाम भएकोमा निकै दुःख लागेको उनले बताएकी थिईन् ।

    तेस्रो प्रस्तुतीमा हास्यकलाकार शिवहरी आर्चाय र गोपाल नेपाल (फिस्टे)ले नेपालको राजनीतिको बारेमा व्यंग्य गरेका थिए । राजनीतिमा सुधार नआएसम्म जनताको जीवनस्तरमा सुधार नआउने प्रस्तुती देखाएका थिए ।

    अन्त्यमा चर्चित कलाकार रामचन्द्र काफ्लेले हिउँचुलिमा घाम लाग्यो घमाईलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनी रमाइलो माया फेवा तालैमा भन्ने गीत गाउँदा दर्शक झुम्मीझुम्मि नाँचेका थिए । करिब एकदर्जन जति गीत गाएका काफ्लेको प्रस्तुतीमा दर्शकले भुरपुर मनोरन्जन लिएका थिए । श्रीमान् रामचन्द्र काफ्ले र श्रीमती जुनु रिजाल काफ्लेले संगै गाएको गीतमा दर्शक निकै रमाएको सुदुरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए । कार्यक्रममा ६ बर्षकी एलिना भण्डारीले दमदार नृत्य प्रस्तुत गरेकी थिइन भने नेपाल माल्टा व्याण्ड समुहका कलाकारले पनि आफ्नो कला प्रस्तुत गरेका थिए ।

    ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रमका संयोजक डिएस राणाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ माल्टाका कार्यवाहक अध्यक्ष मधु घोताने गुरुङ रहेका थिए । असिम लोप्चन तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिब अमर रावतले राखेका थिए ।

    कार्यक्रम सफल पार्न नेपालबाट आएका कलाकार र अन्य सहयोग गर्नेलाई सम्मान गरेको सन्तोस पाठकले जानकारी दिएकाछन् ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images