सर्बप्रथम लाल सलाम अभिवादन सम्मानित प्रधानमन्त्री हाम्रो गौरवशाली पार्टीका सुप्रीम कमाण्डर अध्यक्ष कम्रेड प्रचण्ड ज्यु अहिले हामी देशकै नेतृत्व गर्दैछौ केही प्रदेशको नेतृत्व पनि गर्दैछौ अहिले हामी सङ्ग देशकै प्रधानमन्त्री देखि मन्त्री मुख्यमन्त्री देखि प्रदेश मन्त्री सभामुख देखि लिएर प्रदेश प्रमुख संसदीय दल नेता देखि लिएर राज्यमन्त्री प्रमुख सचेतक देखि लिएर सचेतक र संसदीय सभापति देखि लिएर सदस्य सम्म हाम्रो पार्टीका नेताहरु नेतृत्व गर्दैछ्न त्यो कुरा हामीलाई अवगत नै छ ।
यो देश बनाउने जिम्मेवारी राष्ट्रपति , प्रधानमन्त्री मुख्यमन्त्री , मन्त्री जिम्मेवार पदमा बसेका जिम्मेवारी ब्यक्तिहरुको हो । तर आम नेपाली जनताको जनगुनासो समस्या आम पार्टीका नेता कार्यकर्ता कुरा सुन्ने र त्यहासम्म समस्या गुनासो पुराउने काम चाहिँ सचिवालयको हो। हामी सफल हुनमा कुनै पनि निकायको सचिवालयको महत्त्वपूर्ण हात हुन्छ महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । हामीले नियुक्ति गरेका सचिवालयमा कस्ता व्यक्ति छ्न भन्ने कुराले पनि प्राप्त गरेको पदको लाभ आम जनता र कार्यकर्तामा जान्छ। आज थुप्रै पदिय दायित्वमा बसेका ब्यक्तिको सचिवालयम थुप्रै ब्यक्ति छ्न ।
प्रधानमन्त्रीकै सचिवालयमा करिब ३५/३६ जनाको सचिवालय छ तर हामीलाई मात्र प्रधानमन्त्रीको सचिवालयमा सावित्री अधिकारी छ्न , किनकी दुर दराजका आम नागरिक कार्यकर्ताको समस्या जनगुनासो सुन्ने एउटा माध्यम थिइन् । जब २०७९/१२/२३ मा उहाँको नियुक्ति प्रधानमन्त्रीको सचिवालयमा भयो आम कार्यकर्तामा खुशी छायो हामी खुशी भयौ किन कि अब हाम्रा कुरा पनि बालुवाटार र सिंहदरबारले सुन्छ्न भनेर खुशी भयौ ।तर त्यो खुशी १ बर्ष टिक्क सकेन २०८०/१०/०२ गते प्रधानमन्त्रीका प्रमुख स्वकीय सचीव सन्तु दराइले निकालिएको एक पत्रमा उहाँसँगै १३ जनालाई सचिवालय बाट हटाइएको सुचना प्राप्त भयो त्यो सुचनाले हामी जस्ता आम कार्यकर्तामा निराश पैदा भयो । किनकि दुर दराजका भुइ मान्छे कार्यकर्ताको जनगुनासो सुन्ने बुझ्ने नारी हुन् सावित्री अधिकारी ।

ब्यक्तिगत रुपमा उहाँसङ्ग मेरो कहिले प्रत्यक्ष भेट भएको छैन तर हाम्रा समस्यालाई पनि आफ्नै समस्या सम्झेर बुझ्ने हिड्ने र गर्ने काम सावित्री अधिकारीले गर्नुहुन्थ्यो । के उहाँ प्रधानमन्त्री कै साली भएर परिवारवादको कुरा हो त? म यसलाई कहिले सहि मान्दैन म त त्यसलाई सहि मान्छे परिवार कै ब्यक्तिमा योग्यता क्षमता र गर्ने सक्ने हुटहुटि छ भने जस्ले पनि अवसर र काम गर्ने बाताबरण हुनु पर्छ गर्न पाउनु पर्छ। उहाँ मात्र होइन उहाँसँगै ३५/३६ जनाको सचिवालयमा आम कार्यकर्ताको कुरा सुन्ने शक्ति उहाँमा थियो गर्ने सक्ने आट र हुटहुटि उहाँमा थियो । उहाँको इमानदारीताले गर्दा नै त्यो सचिवालयमा अटाउन नसक्नु भएको हो त? आज उहाँसँगै थुप्रै सचिवालयमा छ्न जो न कहिले फोन उठाउन्छ्न त न कहिले respose reply गर्छ्न बरु ती तलब खान कै लागि बसेकालाई हटाउनु पर्ने थिएन र? सावित्री अधिकारी तलब कै लागि सचिवालयमा थिइनन् उनी त एक जिम्मेवारी र आम जनताको कार्यकर्ताको काम गर्ने हुटहुटि थियो।
जनताको सेवा समाजको सेवा भन्ने बित्तिकै उहाँमा उर्जा आउन्थ्यो । राती होस कि दिन जुनसुकै बेला पनि जनताको काम गर्ने तयार ।नेपाल्मा मात्र नभएर बिदेशमा अलपत्र परेका नेपाली देखि लिएर शवहरुलाई घर सम्म पुगाएर सबैको मन जित्ने एक नारी थिइन सावित्री अधिकारी । इजरायलमा भएको घटनामा मृतक परिवारका सदस्यलाई अन्तर्राष्ट्रिय विमानस्थल देखि घर सम्म पुगाउन रातदिन भोक निन्द्रा नभनेर सुदुर देखि कर्णाली सम्म शव पुगाउने ब्यक्ति थिइन तलब कै लागि उहाँको कुनै सचिवालय थिएन किन कि पारिवारिक रुपमा उहाहरु सम्पन्न पारिवारिक ब्यक्ति हुन उहाँ कै दुई छोरी प्रतीक्षा डाक्टर सकेर MD पढ्न अस्ट्रेलिया छ्न भने अर्को छोरी प्रशन्सा पनि अस्ट्रेलियामा छ्न उहाँ को एक छोरा प्रबेश पनि हाम्रै पार्टीको भात् संगठन विद्यार्थी को नेतृत्वमा हुनुहुन्छ उहाँ कै श्रीमान हिमराज पौडेल पनि २०५२/५३ देखि पार्टीका आन्तरिक बाहिरी गतिविधिमा होलटाइमर भएर लागि पर्नु भएको छ।
त्यसैले तलबको स्वार्थमा सचिवालय थिएन हामिले देख्ने नजर थियो उहाँ को पार्टी बनाउने आम कार्यकर्ताको समस्या सुन्ने अठ्प्यारोमा परेकालाइ सहयोग गर्ने थियो । आखिर यी गर्दा यति गर्दा गर्दै पनि किन अटाइनन र सावित्री अधिकारी ? आम कार्यकर्तालाई चाहिएको सचिवालय उहाँ जस्तो हो पार्टी कार्यकर्ता प्रती बफादर इमानदारीपुर्वक केही गर्नु पर्छ भन्ने हुटहुटी भएकी , उहाँलाई अझै केही बिग्रिएको छैन प्रधानमन्त्री ज्यु मेरो मात्र होइन हाम्रो पार्टी प्रति आस्था राख्ने आम नागरिकको चाहाना छ कि उहाँलाई फेरि पनि त्यही जिम्मेवारी दिएर फेरि तपाईंको कार्यकाललाई सफल बनाउन उहाँ जस्तो महत्त्वपूर्ण भुमिका अरुको नहुन सक्छ ।
समय बलवान छ्न समय सकिएको समय गएको छैन त्यसैले यो कुरामा हामी कार्यकर्ताको सन्देश हो कि उहाँलाई हिजो कै जिम्मेवारी दिएर हामी दुर दराजका भुइ मान्छे कार्यकर्ताको कुरा सुनेर अगाडि बढेर पार्टी संगठन र कार्यकर्ता प्रतीको इमानदारीतालाई लागू गर्ने पो हो कि ? हामीलाई उहाँ जस्तो ईमानदार सचिवालय चाहिएको छ , नियुक्ति पाएर तलब खाएर सुत्ने सचिवालय ? उहाँ जस्तो उर्जावान उहाँ जस्तो समाजसेवी उहाँ जस्तो हरेक कार्यकर्ताको दुख सुखको साथी पिडाको मलम दुर दराज जसको नजर नपुगेको ठाउँ मा पुग्ने नजर उहाँ जस्तो सरल ईमानदार सचिवालय चाहिएको छ ।
त्यसैले उहाँको पुनः बिचार गरेर नियुक्तिमा ल्याइ आम कार्यकर्ताको जनभावनालाई बुझी दिन हाम्रो इच्छा चाहाना छ । अहिले नेपाली आम जनता कार्यकर्ताले चाहेका छ्न कि Right people in right place त्यसैले उहाँ नै हुन आम कार्यकर्ताको समस्या बुझ्ने सचिवालय उहाँ नै हुन सचिवालयमा हुनुपर्ने मान्छे उहाँ नै हुन सचिवालयमा आवस्यकता पर्ने मान्छे । 🇳🇵 लाल सलाम🇳🇵
लेखक : करन साउद - सु.प. प्रदेश सदस्य , नेकपा माओवादी केन्द्र कैलाली



