Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अहिलेको सन्दर्भमा प्रविधि किन महत्वपुर्ण छ त?

अहिलेको सन्दर्भमा प्रविधि किन महत्वपुर्ण छ त?

  • विचार
  • माघ १९, २०८० शुक्रवार १९:२० बजे
  • 1.8K
    SHARES
  • अहिलेको सन्दर्भमा प्रविधि किन महत्वपुर्ण छ त?

    हेमन्त बहादुर शाह / लम्की , कैलाली 

    सूचना प्रविधिको बढ्दो विकाससँगै युवा पुस्तामा यो विषयप्रति आकर्षण बढ्दो छ । देश मात्र होइन, विदेशमा पनि सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ । ‘अहिले अत्यन्तै क्रेज भएको विषय नै आइटी हो,’ नेशनल एड्भान्स कम्प्युटरका निर्देशक हेमन्त बहादुर शाह भन्नुहुन्छ, ‘नयाँ पुस्ताले नयाँ कुरा सिक्न चाहने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।’

    कुनै बेला आइटी पढ्नु भविष्य दाउमा लगाउनुजस्तो अवस्था रहे पनि अहिले युवापुस्तामा यो विषयमा भविष्य सुनिश्चित रहेको आत्मविश्वास जागिसकेको उनको अनुभव छ । ‘पहिलेका मान्छेलाई सूचनाप्रविधिसम्बन्धी त्यति ज्ञान थिएन र इच्छा पनि । सोसल मिडिया भन्ने नै थिएन,’ शाह सम्झन्छन्, ‘अहिले आइटी विद्यार्थीको रुचि मात्र नभई आममानिसकै अभिन्न अंग बनिसकेको छ ।’ प्लसटुमा सूचनाप्रविधि एलएलसीलगत्तै विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स पढ्न सक्छन् । प्लसटुमा कम्प्युटर साइन्स पढ्नु सम्पूर्ण सूचनाप्रविधि अध्ययनको जग बसाल्नु रहेको शिक्षक बताउँछन् । आइटी अध्ययनको आधार नै यही विषय भएको एभरेस्ट फ्लोरिडाका प्रिन्सिपल उप्रेतीले जानकारी दिए ।

    सूचनाप्रविधि प्राविधिक विषय भएकाले यसको अध्ययन वा अभ्यासले मान्छेलाई दक्ष बनाउँछ । अध्ययन पूरा गरेपछि विद्यार्थी आफ्नै ‘स्टार्टअप कम्पनी’ खोल्न सक्छन् । विभिन्न आइटी कम्पनीमा अवसर पाउन सहज हुन्छ । नवीनतम आइडिया दिन सक्ने विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने शाह बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयले बिएससिसिएसआइटी विषय सुरु गरेको छ । त्यसबाट स्नातक गरेका कतिपय विद्यार्थी उच्चशिक्षाका लागि विदेश गएका छन्, नगएकाहरु नेपालकै लिडिङ आइटी कम्पनी चलाएर बसेका छन्,’ शाह भन्छन् । नेशनल कम्पुटरले पाँच वर्षअघि सुरु गरेको कम्प्युटर कोर्षमा १ सय ६० विद्यार्थी छन् ।

    सूचनाप्रविधि विषयको दायरा पनि फराकिलो छ । सफ्टवेयर विकास, स्टार्टअप स्थापना, विभिन्न एप्लिकेसन विकासलगायत फरकफरक विधा छन् । रुचिअनुसार कुनै एउटा विधामा विशेषज्ञता हासिल गरे भविष्य उज्ज्वल हुने शाह बताउँछन् । ‘विद्यार्थीले जे गरे पनि एप्लिकेसन सिक्ने हो, सूचना प्रविधिलाई दैनिकीमा कसरी उतारेर सदुपयोग गर्ने भन्ने हो,’ उनी भन्छन् । जुनसुकै कोर्स गरे पनि सूचनाप्रविधिसँग सम्बन्धित सीप विकास गर्ने भएकाले फरक नपर्ने उनको धारणा छ । कसरी रोज्ने? कुनै पनि विषय रोज्नुभन्दा पहिले विद्यार्थी त्यो विषय पढ्नुको उद्देश्यमा स्पष्ट हुनुपर्ने विज्ञको बुझाइ छ । अझै पनि धेरै विद्यार्थी आफूलाई आत्मनिर्भर बनाउनभन्दा प्रमाणपत्र देखाउन मात्रै पढिरहेजस्तो लाग्छ, शाह लाई ।

    ‘केही गर्ने भावनासहित पढे मात्र उपलब्धि हात लाग्छ,’ उनले भने । आइटी पढेर नेपालमै करियर बनाउन सकिने अवसर भए पनि त्यसमा केही सीमितता रहेको शाह बताउँछन् । स्रोतसाधन र लगानी कम भएकाले अझै पनि आइटी प्राथमिकताको क्षेत्रमा नपरेको उनी बताउँछन् । यसले गर्दा रोजगारीको क्षेत्र पनि सीमित हुन पुगेको छ । ‘त्यसैले सहरका केटाकेटी पढिसकेपछि विदेश गएर भविष्य खोज्ने सोच्न थाल्छन्, जति सिर्जनशील भयो, विदेशमा उति माग छ,’ उनी भन्छन् । कम लगानीमा धेरै कमाइ गर्न सकिन्छ । आइटी पढेकाहरूले नयाँ सफ्टवेयर विकास गरी पनि नाम र दाम कमाउन सक्ने शाह बताउँछन् ।

    ‘आइटी भनेको कम लगानीमा धेरै पैसा कमाउन सकिने क्षेत्र हो,’ उनी भन्छन् । एउटा कोठाभित्र बसेर धेरै काम गर्न सकिने, त्यही कोठाबाट आफ्नो सिर्जनशीलता संसारभर पुर्याई बिक्री गर्न सकिने सम्भावना औंल्याउँछन् उनी । ‘एकपटक लगानी गरेर ल्यापटप र इन्टरनेट जोड्यो भने धेरैकाम गर्न सकिन्छ ।

    सफ्टवेयर विकास, डिजाइनिङ, वेबसाइट डिजाइनिङ, आउट सोर्सिङजस्ता काम गर्न सकिन्छ,’ उनी भन्छन् । सबै घरमा कम्प्युटर, इन्टरनेट अनि सबै विद्यालय र कार्यालयमा कम्प्युटर एप्लिकेसन प्रयोग नभए पनि प्रविधिको प्रयोगमा नेपाल अगाडि नै रहेको शाहको भनाइ छ । ‘त्यसैले नेपालमा यसको प्रशस्त सम्भावना छ,’ उनी थप्छन्, ‘आँट गर्ने हो भने पढिसकेपछि यहीँ कम्पनी खोल्न सकिन्छ । विदेश जाँदा पनि कम्प्युटर जानेको मान्छेले २० हजार कमाउँदा जान्नेले ४० हजार कमाउन सक्छ ।’

  • सम्बन्धित विषय:

  • # विचार

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images