Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

  • राजनीति
  • फाल्गुण ८, २०७७ शनिवार १२:५० बजे
  • 829
    SHARES
  • संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा
    • कर्णाली भ्यूज

    गृहमन्त्री एवं ओली समूहको नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै प्रतिनिधिसभा पुनर्स्थपानाको माग गर्नेलाई चुनाव चिन्ह किन चाहियो भन्दै प्रश्न गर्नुभएको छ ।

    शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले चुनावको विरोध गरे पनि दाहाल–नेपाल समूहले भित्रभित्रै चुनावको तयारी गरेको बताउनुभयो । ‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

    गृहमन्त्री थापाले स्थायीत्वका लागि प्रतिनिधिसभा विघटन गरिएकाले यसलाई ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनर्स्थापना भए संसदमा फोहोरी खेल सुरु हुने जिकिर गर्नुभयो । सरकाले विकास र सुशासनका काम गर्न प्रतिनिधिसभा विघटन गरेको उहाँको तर्क छ ।

    मन्त्री थापाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई संवैधानिक भएको जिकिर गर्दै विराटनगरमा उठेको जनसागरले प्रधानमन्त्रीको कदमलाई अनुमोदन गरेको जिकिर गर्नुभयो ।

    फरक प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले शान्ति सुरक्षाको चुस्त व्यवस्था गरेको उल्लेख गर्दै भागरथी हत्याकाण्डको आरोपी पक्राउ गर्नुले पनि सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने देखिएको बताउनुभयो । साथै उहाँले प्रहरी कञ्चनपुरकी निर्मला पन्तको हत्याराको नजिक पुगिसकेको जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images