Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एभर्टनद्धारा लिभरपुल २–० ले पराजित

एभर्टनद्धारा लिभरपुल २–० ले पराजित

  • खेलकुद
  • फाल्गुण ९, २०७७ आइतवार ०२:५३ बजे
  • 2.1K
    SHARES
    • कर्णाली भ्यूज

    काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ ।

    गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको हो । खेलमा एभर्टनलाई विजयी गराउन रिचार्लीसन र जिल्फी सिगुर्डसनले एक एक गोल गरे ।

    सन् १९९९ पछि एभर्टनले लिभरपुललाई उसैको मैदानमा हराएको यो पहिलो अवसर हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र साउथह्याम्पटन १–१ गोलको बराबरीमा रोकिंदा वेष्ट ब्रोमले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।

    गएराति फुल्हमले शेफिल्ड युनाईटेडलाई १–० ले हरायो । प्रिमियर लिगमा आज राती चार खेल हुनेछन् । शिर्षा स्थानको म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्दा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेड, एस्टन भिल्ला र लेष्टर सिटी तथा म्यान्चेस्टर युनाईटेड र न्युकासल युनाईटेड भिड्नेछन् । एजेन्सी


    कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images