Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको मोहन्यालका शेखर दुई महिनादेखि आइसियुमा , आर्थिक अभावले उपचारमा समस्या

कैलालीको मोहन्यालका शेखर दुई महिनादेखि आइसियुमा , आर्थिक अभावले उपचारमा समस्या

  • 3.2K
    SHARES
  • कैलालीको मोहन्यालका शेखर दुई महिनादेखि आइसियुमा , आर्थिक अभावले उपचारमा समस्या

    कैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ का शेखर माझीको करिब दुई महिनादेखि आइसियुमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्यमा कुनै पनि सुधार नआउँदा थप उपचारका लागि भारत लग्नुपर्ने भएकाले आर्थिक अभावका कारण थप उपचारमा समस्या देखिएको छ।

    पुल्चोक क्याम्पसमा इलेकट्रिकल इन्जिनियरिङ तर्फ पूर्ण छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका माझी एक्कासि रिँगटा आएर लडेका थिए त्यस लगत्तै उनलाई यही साउन ३० गते उपचारका लागि महाराजगन्ज शिक्षण अस्पताल ल्याइएको थियो तर उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भाद्र २७ बाट आइसियुमा राखेर थप उपचार सुरु गरिएको थियो।

    उनको मस्तिष्कमा Fungal Infection को दुर्लभ र गम्भीर रोग देखा परेको शेखरका दाइ दीपक बहादुर माझिले बताएका छन्। उनले भने ''भाईको स्वास्थ्य दिनानुदिन नाजुक बन्दै गएको र दुई महिनाबाट आइसियुमा राखेर उपचार गर्दागर्दै परिवारको आर्थिक अवस्था पनी कमजोर भईसक्यो। यहाँ उपचार गर्दा सुधार भएको छैन,हामी भाइको थप उपचारका लागी भारत लग्न चाहन्छौ यसका लागि आर्थिक अभाव परेको छ।,'

    साथै उनले भने सम्पूर्ण देश विदेशमा रहेका दाजुभाइलाई आइसियुमा छ्टपटाईरहेको मेरो भाइको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछु।'' उपचाररत माझिको थप उपचारका लागि विभिन्न व्यक्तिहरूबाट रकम सङ्कलन कार्य सुरु गरिएको छ साथै सम्पूर्ण संघसंस्था सबैलाई सहयोगका लागि उनको परिवारले अपिल गरेका छन् ।

    शेखरका दाइ दीपक बहादुर माझीले आफूलाई सहयोग गर्न चाहने सम्पूर्णलाई ९८६८७६३५०५ मा सम्पर्क गर्न आग्रह समेत गरेका छन्।FB_IMG_1699941486390.jpg

    साथै सिधै सहयोग गर्न चाहनेहरूले सिद्धार्थ बैङ्कमा दीपक बहादुर माझीको नाममा रहेको खाता नम्बर ०२९१५११२१०३ मा र एन आई सि एसिया बैंकको सोही नाममा रहेको खाता नम्बर २०५५८८७३१२५२४००१ मा रकम जम्मा गरिदिनुहुन अनुरोध गरेका छन्।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images