पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ०७ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गराएका १६ हजार २ सय ९८ जनाको नमुना परीक्षणमा ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३ सय ५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार बुधबार थप १ हजार ५ सय ३५ जना संक्रमणमुक्त निको भएका छन् ।



